Latest Updates :

भारत–नेपालको सिमानामा पर्खाल नलगाउने र सरकारले यसैगरी घुँडा टेक्ने हो भने नेपाल भारतले खान्छ

SHARE THIS POST :
राजनितीक विश्लेषक साध्यबहादुर भण्डारीले भारत–नेपालको सिमानामा पर्खाल नलगाउने र घुँडा टेक्ने सरकार भयो भने नेपाल भारतले खाने बताएका छन् । लाइटनेपालसँगको भिडियो कुराकानीमा भण्डारीले तराईकेन्द्रित केही दलहरु, केही अंगीकृतवाला नेताहरु तथा भारतीय नेता र दलालहरुले नेपाल टुक्राउने खेल खेलिरहेको आरोप लगाए ।
भारतले हिमाली क्षेत्रका लद्धाख, कश्मीर, सिकिम्मलाई आफुमा गाभिसकेको र भुटानलाई पुरै आफ्नो अधिनमा पारेको तथा अहिले नेपाल त्यसकै ऋङ्खला अन्तर्गत टुक्राउन खोजेको बताए । ‘भारतले सधैं छिमेकमा अस्थिरता फैलाउने र आफ्नो अनुकुलको फाईदा लिने गरेको छ, अब नेपालीले एक भएर भारतको बलात्कारविरुद्ध नेपाली एकजुट नहुने हो भने नेपाल भारतको कब्जामा जान्छ,’ भण्डारी भन्छन ।
भण्डारीले अहिले हरेक नेपालीले भारतसँग आफ्नो सार्वभौमभिकता, अस्तित्व र देशको रक्षाका लागि आफ्नो स्थानबाट सचेत हुन जरुरी रहेको बताए । भण्डारीले भारतले अहिले मधेशका नाममा अंगीकृतहरुको
सेना बनाएर नेपालमा श्रीलंकामा जस्तै आतंक मच्चाउन खोजेको पनि बताए । नेपाललाई टुक्रयाउने एकमात्र रणनितीमा भारत रहेको र नेपाली नेताहरु भने भारतकै छायाँमा रमाइरहेकोले नेपालको असितत्व संकटमा परेको पनि भण्डारीले दाबी गरे

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger