Latest Updates :

ढुंगाले हानेर छिमेकीको हत्या, अभियुक्तको बयान सुनेर प्रहरी चकित

SHARE THIS POST :

स्याङ्जा। ६० बर्षीय एक व्यक्तिले गाउँकै चिनजानका ५० बर्षीय व्यक्तिलाई ढुंगाले हानेर ज्यान लिएका छन्। हत्या अभियोगमा उनी प्रहरी नियन्त्रणमा छन्।

जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रहरी टोलीले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गर्ने ती अभियुक्त पक्राउ गरेको छ। स्याङजा जिल्ला पुतलिबजार नगरपालिका ७ नेहोरा बौर बस्ने ६० वर्षीय हरि प्रसाद रेग्मी पक्राउ परेका हुन्। उनले सोहि स्थान बस्ने छिमेकी ५० वर्षीय रघुनाथ रेग्मीलाई घाँस काटेर फर्कने क्रममा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए।

घटनाका विषयमा खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी खटिएको थियो। ढुंगा प्रहार गरी हत्या गर्ने अभियुक्त हरि प्रसाद रेग्मीलाई नियन्त्रणमा लिएर कारवाही र थप अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पाएको हत्याको कारणबारेको प्रारम्भिक विवरणले प्रहरी चकित परेको छ। हेपेको सहन नसकेर हत्या योजना बनाएको अभियुक्तले वयान दिएका छन्।

पक्राउ परेका हरि प्रसादले आफू र आफ्नो परिवारलाई हेपेको भएर रघुनाथको ज्यान लिएको प्रहरीमा वयान दिएका छन्। उनले रघुनाथकै उक्साहटमा घरगाँउका अन्य मानिसहरुले पनि आफूलाई एक्लो पारेको र हेपाहा प्रवृति देखाएकाले आवेसमा आएर हत्या गरेको प्रहरीमा बताएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङजामा हिरासतमा राखेर उनीमाथि कर्तव्य ज्यान मुद्दामा कारवाही अगाडि बढाइएको स्यांङ्जा प्रहरीले जनाएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger