Latest Updates :

सात देशको कतार सम्बन्ध बिच्छेद, काठमाडौंबाट कुन देश जान समस्या छ, कहाँ छैन ? एक चोटी सबैले अबश्य पढ्नुहोला

SHARE THIS POST :
असार १, काठमाडौं । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे ।

बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय ध्वजबहाक कम्पनी कतार एयरवेजमा परेको देखिए पनि व्यवहारमा त्यस्तो छैन ।

कुनै पनि वायुसेवा समस्यामा पर्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ । तर कतारसँगको सम्बन्धबिच्छेदले न कतार एयरवेजको उडान ढिला भएको छ न भाडा बढेको छ, न कुनै यात्रु कतै अड्किएका छन् ।

कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि हाल दैनिक तीन उडान भरिरहेको छ । उसले यहाँबाट दोहा र दोहाबाट अरू १५० गन्तब्यमा यात्रु उडाइरहेको छ ।

‘छिमेकीले सम्बन्ध तोडे पनि हाम्रो उडान प्रभावित भएको छैन । सबै उडान तोकिएको समयमै उडिरहेका छन्,’ कतार एयरवेजका नेपालस्थित कार्यालयका एक उच्च अधिकृतले भने,‘हाम्रो उडान रूट यथावत छ । भाडा पनि बढेको छैन । बरू उल्टै प्रवर्धनात्मक भाडा दर सार्वजनिक गर्छौ ।’

कम्पनीले काठमाडौंबाट दोहा हुँदै युरोप अमेरिका जाने टिकट बढी बेच्ने गरेको जनाएको छ । यसो हर्दा दोहाबाट उडेका जहाज सम्बन्धबिच्छेद गरेका राष्ट्रमाथिबाट उड्छन् भन्ने लागे पनि त्यो गलत भएको ती अधिकारीले बताए । -नागरिक दैनिक

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger