Latest Updates :

बिस्व भरको चेतावनीलाई बेवास्ता गर्दै फेरी उत्तर कोरियाद्वारा एकैपटक ४ वटा मिसाइल परीक्षण (भिडियो सहित)

SHARE THIS POST :
एजेन्सी। बिस्व भर स्वाभिमानी देशको रुपमा परिचित देश उत्तर कोरियाले पुन क्षेप्यास्त्र परीक्षण गरेको छ । संयुक्त राष्ट्रसंघ लगायत अन्र्तराष्ट्रिय समुदायको प्रतिबन्धको बावजुत उसले आज विहान एकैपटक चारवटा क्षेप्यास्त्र परिक्षण गरेको हो । यो मिसाइल ‘एन्टी शिप’ बताइएको छ।

गांगवोन प्रान्तको तटीक्ष क्षेत्र वोनसनबाट परिक्षण गरेका चारवटा क्षेप्यास्त्र करिब एक सय २४ माइलको दुरीमा खसेको बताइएको छ । परिक्षण गरिएका सबै क्षेप्यास्त्र छोटो दुरीका रहेको र ती दक्षिण कोरियालाई निशाना बनाउने किसिमको भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत पाँच सातामा उत्तर कोरियाले गरेको यो चौथो क्षेप्यास्त्र परिक्षण हो । एक साता अघिमात्रै राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध कडा बनाउने निर्णय गरेको थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger