Latest Updates :

१७ नेपाली अलपत्र, उद्धारको अपिल यो पोस्ट जती सक्दो शेर गरी सबै सामु पुराउन सबैलाई अनुरोध गर्दछौ

SHARE THIS POST :

सुखिलाल चौधरी, उदयपुर, असार ७-

उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन । काठमाडौस्थीत साउण्डलाइन रिक्रुटमेन्ट सर्भिसेस प्रालिको शाखा कार्यालय, गाईघाटबाट साउदी पुगेका ति युवा अलपत्र परेका हुन ।

साउण्डलाइनको गाईघाट स्थीत शाखा कार्यालयमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ का नेत्र लिम्बु र उनकी श्रीमति रेस्मा लिम्बुको ठगीमा परेर ति युवाहरुले आफूहरु अलपत्रमा परेको बताएका छन । अलपत्र पर्नेमा त्रियुगा नगरपालिका भातिखर्कको साथै साविको हडिया, साउने,खोटाङ लगायतका युवाहरु रहेका छन ।

नेत्र मार्फत गत चैत्र र बैशाख महिनामा साउदी पुगेर अलपत्र पर्नेहरुमा गोविन्द खड्का, हेमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्रबहादुर बस्नेत, दुर्गा नारायण श्रेष्ठ, तेजबहादुर कटुवाल बसन्त राई, उमेश खड्का, युवराज कार्की, टोपबहादुर मगर, उमेश खड्का, बसन्त राई, सोभित राई,मातृका घिमिरे, मोहनकुमार राई, मनोज खड्का, रहेको साउदीबाट अलपत्र परेका उमेश खड्काले जानकारी दिए ।

‘हामीले लिम्बु दम्पतिलाई ७० हजारदेखि एक लाख ७० हजारसम्म पैसा तिरेर आएका हौं,’ जेद्दा हम्दवीमा रहेको विन लादेन कम्पनीमा कार्यरत उमेश खड्काले भने, ‘अहिले भनेको जति तलव पनि पाएका छैनौं, अनि काम गरेको तीन महिना भईसक्दा पनि एक सुका तलव लिएका छैनौ,खान बस्नमा समेत समस्या छ ।’

यसैगरी सोही कम्पनीमा काम गर्न पुगेका नारायण श्रेष्ठले खान, बस्न, औषधि उपचारमा समेत समस्या भएको बताए । ‘हामीलाई लिम्बु दम्पतीले गाईघाटमै विना प्रमाण पैसा लिएर साउदी अरब पठाएका हुन’ उनले भने, ‘साउदी आउन नेपाल सरकारबाट मात्र १० हजार भए पुग्ने रहेछ,तर हामीसँग धेरै रकम असुलिएको छ ।’

सोही कम्पनीमा लिम्बु मार्फतै साउदी पुगेका टोपबहादुर मगरले नेपाल फिर्ता गरिदेउ भन्दा पनि एजेन्ट लिम्बुले धमक्याउने गरेको बताए । ‘काम गर्न गएको होईन, काम गर्नु नी, किन नेपाल आउने भन्ने जवाफ दिन्छन,’ मगरले भने, ‘हामीलाई यहाँसम्म आउँदा बेचिसकेको रहेछ, थाहा नै पाएनौ ।’

स्थानीय एजेन्ट लिम्वु दम्पती सम्पर्कविहिन

साउण्डलाईनबाट लिम्बु दम्पतिले नै साउदी अरब पठाएका त्रियुगा नगरपालिका १३ असारीका २४ वर्षे युवा तेजबहादुर कटुवाल अलपत्र परेको समाचार यसअघि प्रकाशित भएपछि सम्पर्क आएका अन्य १६ युवाका आफन्तले खोज्दा लिम्बु दम्पति वेपत्ता भएका छन । दुवैको मोवाईल सम्पर्क हुन नसक्ने तथा स्वीच अफ गरिएको छ ।

लिम्बुबाटै साउदी पुगेका तेजबहादुर कटुवाल प्यारालाईसिस रोगबाट थलिएका छन । नेत्र सुव्वा लिम्बुको श्रीमति रेस्मा लिम्बु खत्रीलाई एक लाख ७० हजार नगद विना कागज तिरेर साउदी पठाएको बुबा गजकेशर कटुवालले बताएका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger