Latest Updates :

आज मंगलबार वि.सं. २०७४ साल जेठ २३ गतेको रसिफल

SHARE THIS POST :

मेष -
कामको चापबाट फुर्सद पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य आनन्दमय रहनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ।
--------------------------------------------------------------------------------
बृष -
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ।
--------------------------------------------------------------------------------
मिथुन -
व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। स्वास्थ्य बिग्रनाले लक्ष्य प्राप्त गर्न केही विलम्ब हुन सक्छ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। गुरुजनको सहयोग जुट्नेछ।
--------------------------------------------------------------------------------
कर्कट -
आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा लाभ हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ।
--------------------------------------------------------------------------------
सिंह -
अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन प्राप्त हुने समय छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम बन्नेछन्। पहिलेको मिहिनेत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्गे फाइदा हुनेछ।
--------------------------------------------------------------------------------
कन्या -
सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ। अधैर्य व्यवहार दर्साउँदा समस्या आउनेछ भने बोलीको संयमताले दोहोरो लाभ मिल्न सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ।
--------------------------------------------------------------------------------
तुला -
परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। आफन्तमा प्रेम र मित्रताको बन्धन कसिने समय छ। दोहोर्याएर प्रयत्न गर्नुपरे पनि काम बन्नाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्।
--------------------------------------------------------------------------------
बृश्चिक -
लगनशीलताले अवसर दिलाउनेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। लामो यात्राको अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ। केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा फाइदा हुनेछ।
--------------------------------------------------------------------------------
धनु -
साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
--------------------------------------------------------------------------------
मकर -
मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। केही अवरोध देखिए पनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
--------------------------------------------------------------------------------
कुम्भ -
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। घरमा मंगलमय कार्य सम्पादन हुन सक्छ। बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुने समय छ। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने सम्भावना छ।
--------------------------------------------------------------------------------
मीन -
आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कम मात्र फाइदा उठाउन सकिनेछ। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger