Latest Updates :

बाटो काटिरहेका आदित्यलाई ट्रकले मारिदियो' ,'आमा भन्दै

SHARE THIS POST :
बर्दिबास: सोमबार बिहान स्कूल पठाएका अप्सरा थापाले आफ्नो ५ वर्षीय छोरा आदित्यलाई लिन सडकको किनारमा पर्खिरहनु भएको थियो। बर्दिबास सन्साइन सेकेन्डरी बोर्डिङ्ग स्कूलको बसमा आएका छोरा बसबाट सडकमा ओर्लिए। सडक पारी आमालाई देखेर आदित्य खुशी भए। आमा ..आमा.... भन्दै आदित्य आमाको काँखामा आउनलाई बाटो काट्दै थिए।तर अचानक, बा. ५ ख ४१ ९५ नम्बरको ट्रकले बालकलाई किच्‍यो। ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्‍यु भयो।उनको घर बर्दिबास नगरपालिका-३ पाटुमा पर्छ।
आँखै अगाडि आदित्यलाई ट्रकले ठक्कर दिएपछि छोरो समाउँदै अप्सरा रुदैं बेहोस हुनुभयो। आदित्यलाई अन्तिम पटक आमालाई भेट्ने सपन अधुरै रह्यो। छोरोलाई काँखमा बोकेर गाला सुमसुमाउँदै अन्तिम चुम्बने गर्ने चाहना अपसराको पुरा हुन सकेनन्। छोरालाई टपक टिपेर कालले उडायो। अप्सारा अहिले अचेत अवस्थामा हुनुहुन्छ।
उनलाई सम्झिँदै हजुरबुवा धुर्व थापा भन्‍नुहुन्छ, 'विहान ड्रेस लगाएर नातीलाई बुहारीले तयार गर्नुभयो। मैले काँधमा बोकरे बिहान स्कूल बस चढाएर नातीलाई स्कूल पठाएको थिए,' उहाँले भकानिदै भन्नुभयो, 'नाती मेरै काँखामा सुत्थ्यो। हाम्रो नातीलाई कालले हामीबाट खोसेर लग्यो। राति निद्रापनि लागेन।'
आदित्यको मृत्युले पाटु गाउँ शोकमा डुबेको छ। मंगलबार आदित्यको मृत्युको शोकले बर्दिबासका सबै निजी स्कूलहरु बन्द भयो।'सानो बाबुले हामी पढेर ठूलो भएर डाक्टर भन्ने भन्थें,' आदित्यका हजुर आमा रीता थापाले भन्नुभयो, 'साँउ भन्दा ब्याजको माया लाग्थ्यो।'
छोरो भन्दा नातीको धेरै माया लाग्ने गरेको रीता बताउनुहुन्छ। यता, बर्दिबास-सिन्धुली सडक खण्डमा आदित्यलाई ठक्कर दिने ट्रक चालक भने अझै फरार छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger