Latest Updates :

हामीहरुलाई बङ्गाल सँग बस्नु छैन,कुनै पनि हालतमा हाम्रो गोर्खाल्याण्ड चाहियो

SHARE THIS POST :
बङ्गालीहरु हामीहरुलाई दोस्रो दर्जाको नागरिक सम्झिन्छन्। गोर्खालीहरु लाई यो स्विकार्य छैन
१९८६ को जुलाई महिनाको २७ तारिख थियो। आइतबारको दिन कालिम्पोंगको मेला ग्राउण्डमा हजारौँ मानिसहरुको भिड जम्मा थियो। यी मानिसहरु गोर्खाल्याण्ड राज्यको समर्थन र १९५९ को भारत-नेपाल सन्धिको बिरोधमा त्यहाँ पुगेका थिए। यसमा सामेल हुन आइरहेका केहि मानिसहरुले कालिम्पोंङको थाना नजिकै डिआइजी स्तरको एक अधिकारी माथी खुकुरीले हमला गरे।त्यसपछि आक्रोशित पुलिसले अन्धाधुन्ध फायरिंङ गर्न थाल्यो,जसमा महिला र बच्चा समेत १३ जनाको मृत्यु भयो।

हाम्रो माग गोर्खाल्याण्ड

त्यतिबेला गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व सुभाष घिसिंङको हातमा थियो। उनी गोर्खा नेशनल लिबरेशन फ्रन्ट ( जिएनएलएफ) का नेता थिए। घिसिंङले आफ्नो आन्दोलन मार्फत गोर्खाल्याण्डको लागी पृथक राज्यको दर्जाको माग गरेका थिए। पहाडका मानिसहरु उनको पछाडि घुम्ने गर्थे।

१५०० मानिसहरु मारिए

प्रख्यात स्तम्भकार तथा गोर्खा जनमुक्ति मोर्चाका प्रमुख सल्लाहकार स्वराज थापा भन्छन्-१९८६-८८ को समयमा चलेको गोर्खाल्याण्ड आन्दोलनको दौरान १५०० मानिस मारिएका थिए।त्यसको बावजूद भारत सरकारले पश्चिम बंगाललाई भाग लगाएन। त्यसैकारण गोर्खाल्याण्डको माग ज्यँदै रह्यो। तब दार्जिलिंग हिल्स ४०-४० दिनसम्म बन्द रह्यो र यहाँका बासिन्दाले आफ्नो परवाह नगरी आन्दोलनको समर्थन गरे।

ताजा विवाद

अहिले २०१७ को जुन महिना हो। गोर्खाल्याण्डको माग फेरी जोडसँग उठिरहेको छ। पहाडका मानिसहरुले यसलाई अन्तिम लडाई नाम दिएका छन्।यसपटक नेतृत्व बदलि सकेको छ। नेतृत्व अहिले विमल गुरुंङको हातमा छ। उनी गोर्खा जनमुक्ति मोर्चा (जीजेएम) को नेता हुन्।

गोर्खाल्याण्ड लाई लिएर सुभाष घिसिंङ र बिमल गुरुंङको आन्दोलनमा के फरक छ?भन्ने प्रश्नमा बरिष्ठ पत्रकार तथा लेखक उपेन्द्र मणि भन्छन्-‘कुनै दुई आन्दोलन र नेताहरु बिच तुलना गर्नु उचित होइन। तर मलाई लाग्छ सुभाष घिसिंग राजनितिक रुपले धेरै परिपक्क थिए। तर उनको आन्दोलन हिंस्रक थियो। जबकी विमल गुरुंग शान्तिपूर्ण आन्दोलन गर्न चाहान्छन्।’

गोर्खालीको इतिहास

दार्जलिंङ हिल्समा बस्ने गोर्खाली समुदायको मानिसहरुको सबैभन्दा ठुलो जनसंख्या १० लाख भन्दा धेरै रहेको छ। इतिहासको किताब भन्छ -दार्जिलिंङको खोजी क्याप्टेन लायड र जे डब्लु ग्रांट ले गरेका थिए। तब यहाँ लेप्चा समुदायको केहि मानिस बस्ने गर्थे। तर उनीहरुको संख्या २०० भन्दा कम थियो।

सन् १८६६ मा अंग्रेजहरुले दार्जिलिंगमा चियाको खेती शुरु गरेका थिए। चिया बगानमा काम गर्नको लागी धेरै मानिसहरु नेपालबाट गोर्खा मजदुरहरु लाई बोलाइयो,पछि उनीहरु यतै बस्न थाले र उनीहरुको संख्या सबैभन्दा धेरै रहन गयो।

गलत इतिहास

पत्रकार उपेन्द्र मणि प्रधान यसलाई आधा साचो कुरा बताउँछन्- ‘दार्जिलिंङको इतिहास कसले लेख्यो?’ कोहि बनर्जी,राय,घोष,जस्ता इतिहासकारहरुले आफ्नो सुविधा र इच्छा अनुसार तथ्यलाई तोडमोड गरेर लेखे। दार्जिलिंङमा गोर्खा उत्तिकै पुराना हुन्,जति यहाँका अन्य छन्।

रिंचु टुप्पा, भुटिया जातिको हो। तर उनीहरु स्वयं गोर्खा बताउँछन्। बिबिसी सँगको कुराकानीमा उनीहरुले भने-पहाडमा बस्ने लेप्चा,भुटिया,गोर्खा,गुरुंङ,शेर्पा वा बिहारी,झारखण्डी,बंगाली,मारवाडी सबै गोर्खाली हुन्। गोर्खा कुनै जाति होइन हाम्रो पहिचान हो।

स्वराज थापा भन्छन्-गोर्खाल्याण्डको माग १०० बर्ष भन्दा पुरानो हो। पहिला सुभाष घिसिंग र त्यसपछि २००७ पछि विमल गुरुंङले यसलाई जोडदार तरिकाले उठाए। सरकारले यहाँको मानिसहरुको अस्मिता रक्षाको लागी हामिहरुलाई गोर्खाल्याण्ड दिनुपर्छ।

किन चाँहियो गोर्खाल्याण्ड ?

दार्जिलिंङको चौरस्ता निवासी रौशन सिंह बार्ह पास गरेका छन्। पुलिसको लागि उनले दुई पटक कोसिश गरे तर सफल हुन सकेनन्। अहिले होटलमा वेटरको काम गरिरहेका छन्। उनले बताए-हाम्रो भाग पाउँदैनौ,स्वतन्त्रताको यत्रो समयपछि पनि हामिहरु चौकिदार र वेटर जस्ता काम गरिरहेका छौँ। गोर्खाल्याण्ड भयो भने हाम्रो बच्चाहरुको भबिस्य उज्जवल हुनेछ।

उपेन्द्र मणि प्रधान भन्छन्- सवा अरब जनसंख्या भएको देशमा गोर्खालीहरुको संख्या मात्रै एक करोड छ।यथार्थ यो होकी,न हामिहरुलाई राजनितिक हिस्सा मिल्छ,न प्रसाशनमा हामिहरु छौं! दार्जिलिंङका गोर्खा दोस्रो ठाउँमा गएर अफिसर बन्छ तर यहाँ हाम्रो कुनै हैसियत नै छैन। उनी अगाडि भन्छन्-बङ्गालीहरु हामीहरुलाई दोस्रो दर्जाको नागरिक सम्झिन्छन्। गोर्खालीहरु लाई यो स्विकार्य छैन। हामिलाई बङ्गाल सँगै रहनु छैन हामिहरुलाई हाम्रो गोर्खाल्याण्ड चाहिन्छ,कुनैपनि हालतमा ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger