‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इन्स्पेक्टर पोखरेलले भन्नुभयो,‘सामूहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा युवतीलाई पठाएका छौं ।’
बालात्कार गरेको आरोपमा गाउँलेहरुले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेकालाई छुटाउन बोलवाला औरही प्रहरी चौकीमा राती साँढे ११ बजे पुगेको प्रहरीले जनाएको छ । छुटाउनको लागि ढुंगामुढा गरेपछि अवस्था अनियन्त्रित भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको इन्स्पेक्टर पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ पक्राउ परेकालाई छुटाउन ढुङ्गामुढा गरियो । त्यसपछि पाँच राउण्ड थ्रिनट थ्रि को गोली हवाई फायर गर्नु पर्यो । हाम्रो चार जना प्रहरी घाइते भएका छन् ।’ औरहीका स्थानीय रवीन्द्र चौधरीका अनुसार सामूहिक बालात्कारका दोषिलाई कारवाहीको माग गर्दै औरही बजारका व्यपारीले बिहानै देखी बजार बन्द गरेका छन् ।
Post a Comment