त्यही हाउसलाई प्रतिनिधित्व गर्दै युवाहरुले त्यसको नामबाट ब्याण्ड स्थापना गरेका हुन् । ब्याण्डले यसअघि सन् २०१५ मा पहिलो गीत ‘तिमी भित्र…’ सार्वजनिक गरेर स्रोताको मन जितिसकेको व्याण्डले हालै सार्वजनिक गरेको नयाँ गीत आयो रे आयोले राम्रो प्रतिक्रिया पाइरहेको छ । एकतारेको शब्द रहेको गीतमा ‘र्याडस्टुडियो’ ब्याण्डले नै संगीत भरेको छ ।
जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल प्रियंका कार्की, ज्योत्सना योगी र गोर्खाली ठिडोजले जिवन्त अभिनय गरेका छन् । निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोले जिन्दगी २ दिनको चोला हो यही अवसरमा हाँस्नुपर्छ, नाच्नुपर्छ भन्ने रमाइलो सन्देशलाई भिडियोमा प्रयोग गरेका छन् । बुद्ध थापा र रुपेश थापाले छायांकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।
Post a Comment