Latest Updates :

कस्तो अचम्म र डर लाग्दो परम्परा, मरेको मान्छेलाई आगोमा पोलेर यस्तो बनाइन्छ

SHARE THIS POST :
एजेन्सी । मिश्रको ममीको बारेमा त तपाईले धेरै सुन्दै आएको हो । त्यो हजारौँ वर्ष अगाडिको विषय थियो । तर पपुवा न्यूगिनीमा अहिले पनि ममी बनाइने गरिएको छ । त्यहाँ रहेको अंगा जातिले आफ्नो परिवारका सदस्यको मुत्यु भएपछि उनको शरीरलाई आगो र धुँवामा पोलेर ममी बनाउने गर्छन् ।
प्राचिन मिश्रमा ममी बनाउन मृत शरीरको भित्री अंग निकालिन्थ्यो । त्यसपछि लेप लगाएर विषेश कपडा लगाएर राखिन्थ्यो । तर पपुआ न्यूगिनीमा फरक तरिका अपनाइने गरिएको छ ।


त्यहाँ मृत शरीरलाई तीन महिनासम्म बसेको अवस्थामा राखेर आगो माथि टाँगेर राखिन्छ । त्यो शव मुनि लगातार आगो बालिन्छ । तीन महिनासम्म लगातार आगोमा सेकेपछि शरीरको भित्री अंगलाई पकाइन्छ । त्यसपछि भित्रको अंगलाई तरल बनाएर निकालिन्छ ।


यो काम पुरुषले गर्नुपर्छ । निकै कठिन यो काम गर्न थालेपछि एकछिन पनि छाड्नु हुँदैन । त्यति मात्र होइन, ति मान्छेले तीन महिनासम्म पानी समेत पिउनु हुँदैन । त्यो अवधि सम्म उसले त्यो ठाउँ छोड्न समेत मिल्दैन न त नुहाउन नै मिल्छ । उसले केहि खान चाहेमा पनि त्यही आगोमा केहि पकाएर खानुपर्छ ।
उनले तीन महिनासम्म पानीको रुपमा केबल उखुको रस मात्र पिउनु पर्छ । जब मृत शरीरको भित्री अंग पाकेर पग्लन थाल्छ, तब उसलाई रुंग्ने मान्छे एकदमै सचेत हुनुपर्छ । किनकी त्यो मृत शरीरबाट पग्लेर निस्केको तरल पदार्थ जमिनमा पर्नु हुँदैन । त्यो जमिनमा पर्यो भने दुर्भाग्य हने उनीहरुको मान्यता छ ।


त्यसैगरी त्यो मृत शरीरलाई जमीनम ढल्न पनि दिँदैनन् । उनीहरुको के मान्यता छ भने ममीको आत्मा दिनभर घुमेर राती फिर्ता आउँछन् र आफ्नो अनुहार हेरेर पहिचान गर्छन् ।


अंगा जातिले ममी बनाएको फोटो एकदमै कठिन तरिकाले खिचिएको थियो । त्यो समुदायमा पुगेर जर्मन फोटोग्राफर उल्ला लोहमेनले ति फोटोहरु खिचेका थिए ।

त्यस दौरानमा त्यहाँका अलि जान्ने बुझ्ने कहलिएका गेमतासुको साथ लिएका थिए । गेमतासुले आफु मरेपछि ममी बन्न चाहेको कुरा उनलाई बताएका थिए ।


सुरुमा त उनका छोराले बाबुको आग्रहलाई स्वीकार गर्न मानेनन् । तर बाबुको लगातारको जिद्धी पछि उनको केहि लागेन । गेमतासुले आफु ममी बन्नु अगाडि एक सुंगुरलाई ममी बनाएर छोरालाई विधी सिकाएका थिए ।

जब २०१५ मा गेमतासुको मृत्यु भयो तब उनलाई ममी बनाउने प्रक्रिया सुरु भयो । उनलाई ममी बनाउन परिवारका ७ पुरुषले भाग लिए । त्यही दौरानमा यी फोटोग्राफरले फोटो खिच्न सफल भएका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger