Latest Updates :

३ करोड नेपालीकाे रगत उमालेकि सिमालाइ एक नेपाली युवतीले सिकाइन तिनकै भाषामा के हाे गोर्खाली? – भिडियो हेर्नुहोस्

SHARE THIS POST :
दिल निसानीका आँसुले दार्जीलिङको लडाईलाई घात गर्छ । यो इमोसनल अट्याक् ले सीमा सुबेदी कान्डमा जोडिएर दिल निशानी चर्चामा आए पनि यसको कुनै तुक छैन ।

‘हामीले पनि भारतको परिस्थिति बुझेका छौं’ भने पनि निशानीले त्यो बुझेको पाइएन । ‘नेपालले दार्जीलिङको लडाईलाई साथ दिन्छ । हामीले टिस्टा कांगडा भुलेका छैनौं । त्यो दार्जीलिङ हाम्रै भूभाग हो । सीमा बैनी तिमीले शरणार्थी भएर हिंड्नु पर्दैन, एकदिन तिमीलाई हामी नेपाली बनाएर छोड्छौं ।’ यसो भनिरहँदा यसको अर्थ के हुन्छ ? के त्यो निशानीले नजरान्दाज गरेका छन् ? के दिल निशानिका यस्ता अभिव्यक्तिले दार्जीलिङको लडाईलाई साथ दिन्छ ? जब कि दार्जीलिङ बासीहरूलाई भारतीय सरकारको मानबता विरोधी कार्यमा दार्जीलिङमा भारतले गरेका अत्याचार बाहेकका कुनैपनि कुरामा नेपालीहरू बोलिदिएर ऊनिहरूको मागलाई भारत सरकारको संकाको नजरमा नपारिदिऊन् भन्ने कामना छ । खासमा त्यही सोचको एउटा जन्म थिइन् सीमा सुबेदी । तर ऊनी थोरै विकृत रूपमा देखा परिन् र आफैमा समस्या भइन् ।

भावुक भएर कुनैदिन हतियार र सेना भए ती भुभागको निम्ति लड्ने र नेपाल बनाउने अति महत्वकाँक्षी मात्र हैन असम्भव सपना देखिरहेका निशानी देशलाई प्रेम गर्ने नाममा नराम्ररी चुकेका छन् । ऊनमा रहेको यो राष्ट्रप्रेमलाई धन्यबाद छ, तर यसरी आफ्नो भावुकता र आक्रोस पोखिरहँदा उनले सीमा नाघेका छन् र आफ्नो भनाईले समस्याको मुख्य जरो दार्जीलिङमा पर्ने प्रभाव भुलेका छन् । भावनात्मक रूपमा यस्ता अभिव्यक्तिले दार्जीलिङसँगको नाता झन् दह्रो भए पनि दार्जीलिङ बासीहरू जुन राजनैतिक उपलब्धिको निम्ति लडिरहेका छन् त्यसमा यस्ता अभिव्यक्तिले दार्जीलिङ को लडाइमा नेपालको घुसपैठ छ भन्ने वंगालीहरूको भनाईलाई मलजल गर्छ । संकै गर्दा त यस अर्थमा दिल निशानीले जानाजान यो नाटक गरेको हो भन्न पनि सकिन्छ । तर आशा गरौं उनले भूलबस भावना र आवेगमा आएर यो गल्ति गरेका हुन् ।

सीमा सुबेदीको रहस्यमय कुरा त के छ भने भारतको निम्ति ज्यान दिन्छौ भन्ने ऊनले टिस्टासम्मको भूभाग नेपालमा जोड्ने निशानीको भावुकतासँग कुनै बिरोध नजनाई निशानीको वर्डले नेपालप्रतिको रेस्पेक्ट बढेको भन्दै निशानीको प्रसंसा गरेकी छन् । कतिपयले यसलाई मिस एसिया जितेर पनि गुमनाम जस्तो भएकी सीमा र दिल निशानी दुबैको चर्चामा आउने खेल पनि भन्न थालेका छन् । तर कृपया यस्तो भने नहोस् ।यसो भयो भने दार्जिलिंगबासीहरूको मात्र नभएर सिंगो नेपाली भाषी माथि नै ठूलो अन्याय हुनेछ । यसले सदियौंदेखि छुट्टै गोर्खाल्यान्डको निम्ति लडिरहेका तमाम गोरर्खालीहरूको विश्वासमा कुठाराघात हुनेछ ।

सकेसम्म यो मौन समर्थनको समय हो ।दार्जीलिङ बासी जेको निम्ति लडिरहेका छन् त्यस्मा नेपालबाट नेपालीहरूले अहिले केही नबोलेको राम्रो भन्ने लाग्छ ।

फेरि पनि एक पटक तलको कुरा जोड्न चाहन्छु –
भारत केन्द्रसरकारसँग गोर्खाल्यान्डको आवाज उठाइरहेका उनीहरूमाथि हामीले नैतिक समर्थन गर्नुको साँटो इतिहाँसको टिस्टा कांगडा जोडेर गल्ति गर्नु हुँदैन । यसो भयो भने उनिहरूको जायज मागमा नेपालीहरूको घुसपैठ भन्ने अर्थ लाग्न सक्छ । उनिहरूलाई हाम्रो कुराले झन् असर पर्न सक्छ । हाम्रो ऊनिहरूप्रति अथाहा प्रेम हुँदाहुँदै हामी नै उनिहरूको लक्ष्यको प्रमुख बाधक हुन सक्छौं ।

‘कुन समयमा नेपालको भूभाग कति फैलिएको थियो’ ले केही अर्थ राख्दैन । अहिले हामीसँग कति छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसको हामीले सही संरक्षण गरेका छौं छैनौ बरू त्यतातिर ध्यान दिनु जरूरी छ । होला -गोर्खा तन्किएर टिस्टा र काँगडा भयो होला । तर खुम्चिएर मेचीकाली भएको हाम्रो वास्तविक यथार्थ हामीले भुल्नु हुँदैन । गँगटे राजनीति गर्नेले बेला बेला उचाल्दैमा हामी उचालिनु महान गल्ति हो । भारत पनि कुनै समय पाकिस्तान, बांग्लादेश आदि सहितको थियो । अब इतिहास कोट्याएर हुँदैन संझौतामा चल्न जान्नु पर्छ ।
मेचीकाली कै सीमा सुरक्षा गर्न नसकेका र आफ्नो देशको सरकार आफैले चलाउन नसकेका हामीले धेरै ठूला ठूला सपना देखेर अरूको लक्ष्यमा कबाबमा हड्डी हुनुहुँदैन ।

जय नेपाल !
जय गोर्खाली !!

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger