Latest Updates :

बेलायत पुगेर देखाइन यस्तो दमदार डान्स टेरिया मगरले हेर्नुहोस >>>{भिडियो सहित}

SHARE THIS POST :
काठमाडौँ,२४ जेठ | दोस्रोपटक बेलायत आएकी डान्स इन्डिया डान्स र झलक दिखलाजाकी विजेता नेपाली चेली टेरिया मगरले सारा नेपालीको साथ सहयोग र अथाह माया पाउन सफल भाइन । हजारौं सहभागी मगर संघ यूकेको ओपन कन्सर्टमा टेरियाले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य देखाएर दर्शक मन जितिन् ।

फार्नबोरोस्थित ओपन कन्सर्टमा उनलाई यूकेका स्थानीय कलाकारहरुले पनि साथ दिए ।

उक्त कन्सर्टमा नेपालबाट आएका कलाकारहरु जमुना राना, गगन पुन, जानकी ताराकीमगर र राजु ढकालले एकल तथा सामूहिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाए । बेलायतमै रहेका कलाकारहरु मधुसुदन थापामगर, सञ्जय लाफामगर र क्याप्टेन वीरबहादुर थापामगरले पनि गाएका थिए ।

बेलायतमा मगर संघ यूकेले वर्षेनी खुल्ला मैदानमा कन्सर्ट गर्दै आएको छ ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै तेरियाले नेपाली दर्शकको माया र आयोजकप्रति आभार व्यक्त गरिन् । नृत्य प्रशिक्षणमा व्यस्त तेरिया भविष्यमा पनि नेपाल र नेपालीलाई गर्व हुने काम गर्ने बताउँछिन् ।

पहिलोपटक यूके आउँदा जाडो मौसमले त्यति घुम्न नपाएकी तेरिया यसपाली घुमघाम, भेटघाट र सपिङमा व्यस्त छिन् । तेरियाले बुद्ध वृद्धाश्रम च्यारिटीमा समेत आफ्नो कला देखाइन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger