Latest Updates :

मासु पकाउदै गरेकी श्रीमतीको अनुहारमा तातो तेल खन्याएर श्रीमान् फरार (भिडियो सहित)

SHARE THIS POST :
भनिन्छ श्रीमान् श्रीमती भनेको एक अर्काको दुख सुखमा साथ दिने सारथि हुन् तर यहा त हेर्नुहोस यस्तो हृदयविदारक घटना घटेको छ | दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लागेको दोलखास्थित बैत्यश्वर गाउँपालिका–६ नाम्दूकी उर्मिला तामाङले १३ वर्षका कान्छो छोरालाई मासु किन्न पठाइन् । मासु खान पाइने भो भनेर छोराले खुसी हुँदै बजार गएर मासु किनेर ल्यायो । उर्मिला छोरोले मासु ल्याउनजेल प्याज काट्दै कराइमा तेल तताउँदै थिइन् । उनको श्रीमानले एक्कासी तातो तेल अनुहारमा खनाइदिए ।

हाल काठमाडौंस्थित टिचिङ अस्पतालको बर्न वार्डको ३७ नम्बर शैय्यामा पीडामा उर्मिला छट्पटाइरहेकी छिन् । ‘तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तलाईं आगो लगाउँछु भन्दै लखेटेपछि हारगुहार गरेँ,’ ३४ वर्षीया उर्मिलाले फाेनमा रुँदै भनिन्, ‘ममाथि अन्याय भयो, न्याय पाउँ ।’

मंगालबार घटना हुनेबित्तिकै प्रहरी पुग्दा आरोपी ३९ वर्षीय कुमार फरार भइसकेको दोलखा प्रहरीका सूचना अधिकारी प्रेमसागर केसीले बताए । उनकाअनुसार मंगलबार भएको घटनापछि आरोपीको खोजीमा प्रहरी परिचालन गरिएको छ । उजुरी परेपछि घटनालाई संवेदनशील सूचीमा राखेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।



मंगलबार राति ८ बजे भएको घटनापछि देवरले मोटरसाइकलमा हालेर घाइते उर्मिलालाई मैनापोखरीस्थित अस्पताल लगेका थिए । उर्मिलाको दाजु अमित तामाङले भने, ‘घाइते बहिनी उर्मिलालाई बुधबार उपचारका लागि काठमाडौं ल्याइएको हो । अनुहार, आखाँ, जिब्रो, दाहिने पाखुरा र ढाडमा तातो तेलले पोलेको छ । डाहाले उनी राम्रोसँग बोल्न सक्दिनन् ।’

चार सन्तानकी आमा उर्मिलालाई यसअघि पनि दुईपटक कुमारले कुटपिट गरेको आरोप छ । ‘केहीे वर्षअघि मोबाइलमा घन्टी बजेपछि कसको ‘मिसकल’ आयो भन्दै कुट्दै लगाइराखेको लुगा सबै च्यातेर बेइजती पूर्वक घरबाट निकालिदियो,’ उर्मिलाले भनिन्, ‘त्यसबेला पनि छिमेकीले आश्रय दिएपछि ज्यान बँचेको र लाज ढाक्ने मौका पाएकी थिएँ ।’

केहीसमय अघि बनमा दाउरा लिनको जाने भन्ने झगडामा पनि कपालको रौं नै उखेलिने गरी भुत्ल्याउँदै कुटपिट गरेको पनि उनले सुनाइन् । मदिरा सेवन गरेर आयो की आरोप लगाउँदै कुटपिट गर्ने गरेको उनको आरोप छ ।

उपचारमा सहयोग गरिरहेका अमित तामाङले बहिनी उर्मिलाले बारम्बार श्रीमानको कुटाइबाट ज्यान बचाउन मुस्किल भो भनेर फोन गरेको बताए । ‘छोराछोरीको मुख हेरेर घर सम्हाल्नु भन्यौं । तर अहिले झण्डै बहिनीको ज्यान नै गएको,’ उनले भने । घाइते बहिनीको उपचार र घटनाको यथार्थ बुझी कारबाहीको हुनुपर्ने उनले बताए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger