Latest Updates :

अभिभावकको खुसीका लागि बिहे नगर्ने घोषणा गरे रणवीरले

SHARE THIS POST :

काठमाडौँ –  केही समयअघि चर्चा थियो, रणवीर कपुर बिहेका लागि केटी हेर्न आमा नीतु कपुरसँग लन्डन गए । उनले लन्डनमै बस्ने उच्च घरानाका व्यापारीकी छोरीसँग मागी बिहे गर्ने बताइएको थियो ।

आमा नीतुले मन पराएकी ती युवतीसँग रणवीरले घरजम गर्ने धेरैको अड्कल थियो । यो विषयमा रणवीरकै मुखबाट भने कुनै प्रतिक्रिया बाहिरिएको थिएन । तर, अब भने उनी चुप बस्न सकेनन् । रणवीर मागी बिहेको विषयमा बोलेका छन् ।

बिहेबारे रणवीरले बोलेका कुराले सबैभन्दा पहिले उनकै बाबुआमालाई निराश तुल्यायो होला । उनले भारतीय एक मिडियामार्फत भनेका छन्, ‘म अभिभावकको खुसीका लागि कहिल्यै बिहे गर्दिनँ । मेरो खुसी महत्वपूर्ण कुरा हो ।’ उनले आफूले पनि मन पराउने र आफूलाई पनि मन पराउने केटीसँग बिहे गर्ने बताएका छन् ।

आपसी समझदारीविना बिहे गर्न नसक्ने उनको भनाइ छ । नयाँ पत्रिकाले छापेको छ ।रणवीरको यो भनाइलाई लिएर विभिन्न तर्क गर्न थालिएको छ । कतै उनले कुनै युवतीसँग बिहे गर्ने योजना पहिल्यै त बनाइसकेका छैनन् रु यस्ता अड्कलबाजी जोडतोडले गर्न थालिएको छ । रणवीर अहिले सञ्जय दत्तको बायोपिकको सुटिङमा व्यस्त छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger