मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा बुधबार बिहान २ बजे तीन जना मजदुरको ज्यान गएको छ । खाल्डोमा पाइप राखिरहेको बेला माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर मंगलबार राती तीन नेपालीको मृत्यु भएको छ। मोटरसाइकलमा चढेका उनीहरु रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तिव्र गतिमा आएको रेलले किचेको थियो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
Post a Comment