तर यही बाल्यकालमा हामीले उचित संस्कार साथै मार्गनिर्देशक गर्ने अभिभावक पाएनौ भने हाम्रो जिन्दगी गलत दिशातिर जान कति समय पनि लाग्दैन।यस्तै अभिभावकको कमिको कारण विश्वमा लाखौ मानिस पिडादायी जिवन जिउन बाध्य भएका छन्।
हाम्रै नेपालमा यस्तै एक अनौठो बिषय लिएर एक ९ वर्षिय बालक प्रहरीमा पुगेका छन्। एका बिहानै एक ९ वर्षिय बालक आफ्नो प्रेमिका छोडेर गएकाले उनलाई फर्काइदिन अनुरोध गर्दै प्रहरी समक्ष पुगे तब प्रहरी स्वयम नै चकित खाए। सुरुमा उनलाई कसैले वास्ता गरेनन् तर जब उनि रुन नै थाले तब प्रहरिलाई पनि उनको कुरा सुन्न बाध्यता पर्यो ।जसको भिडियो हामिलाई प्राप्त भएको छ। भिडियोमा हामी देख्न सक्छौ कि उनलाई प्रहरीहरुले कसरि रमाइलो तरिकाले सम्झाउन खोज्दैछन् भनेर।उक्त भिडियोमा उनले रक्सी खाएर बोलेको प्रष्टसँग देखिन्छ। उनले आफ्नो प्रेमिकाको बारेमा मात्र बताएका छैनन् उनि आफ्नो जिवन चलाउन एक होटलमा काम गरेको र उक्त होटलबाट कहिल्यै पारिश्रमिक नपाएको दुखेसो पोखेका छन्। यति सानै उमेरमा उनलाई रक्सी बेच्ने, बालश्रम शोषण गर्ने उक्त होटलका मालिकलाई प्रहरीले पहिचान गरे पनि किन कारवाही गर्न सकेन भन्ने कुराले बालअधिकारको विषयलाई धज्जी उडाएको छ।
हेर्नुहोस उक्त घटनाको पुरा भिडियोः
Post a Comment