मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेट राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ । अहिले शहरको मेट्रो सिस्टममा यो अभियान सुरु गरिएको छ । एक महिला संगठनले यात्राको क्रममा पुरुष सिटीमा फैलिएर बस्दा महिलालाई समस्या भएको भन्दै अनलाईन मार्फत गरिएको अपिलपछि नयाँ नियम लागु गरिएको हो । बसमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्नुलाई अंग्रेजीमा म्यानस्प्रेडिङ भनिन्छ ।
यो शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनेरीमा सामेल गरिएको थियो । मड्रिडअघि विश्वका अरु चार शहरमा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो । पुरुष यात्रुले खुट्टा फैलाएर बस्दा महिला यात्रुसहित अरुलाई यात्रामा समस्या हुने गरेको छ । यसरी खुट्टा फैलाएर बस्दा अर्को यात्रुको सिट पनि ओगट्ने भएकाले समस्या हुने गरेको छ । यसअघि सन् २०१४ मा अमेरिकाको न्युयोर्कमामा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो ।
Post a Comment