Latest Updates :

कतार एयरलाइन्सका सिइओ भन्छन्ः ट्रम्प सोचेजति चलाख रहेनछन् –

SHARE THIS POST :
काठमाण्डु, ३० जेठ – कतारी राष्ट्रिय ध्वजावाहक कतार एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृतले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट निराश भएको बताएका छन् । उनले कतारमा नाकाबन्दी लगाउने कुरामा ट्रम्प आफूले सोचेजति चलाख नभएको बताए ।

‘‘म राष्ट्रपति ट्रम्पबाट एकदमै निराश छु, मलाई लाग्थ्यो उनी निकै चलाख छन्,’ एक अन्तर्वार्तामा कतार एयरलाइन्सका सिइओ अकबर अल बकरले भनेका छन्, ‘अमेरिकाले यो नाकाबन्दीलाई चुनौती दिने आशा म गरिरहेको थिएँ ।’

गत महिना राष्ट्रपति ट्रम्पले अरब मुलुकको भ्रमण गरेका थिए। त्यसपछि साउदी अरबलगायतका छिमेकी राष्ट्रले आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारसँगको कूटनीतिक र आर्थिक सम्बन्ध तोडेका थिए ।

यसलगत्तै ट्रम्पले सो कदम समर्थन गरेका थिए र कतारको कडा शब्दमा आलोचना गरेका थिए ।

कतारस्थित अल उडेड हवाइ अड्डामा ११ हजार अमेरिकी सेना रहँदै आएका छन् । एजेन्सी

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger