Latest Updates :

जेब्रा क्रसबाट बाटो काट्दै गरेकी महिलालाई गाडिले ठक्कर दिँदा घटनास्थलमै मृत्यु (भिडियो)

SHARE THIS POST :
काठमाडौको बसुन्धारामा चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको ना. ४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन हिँडेकी २३ वर्षीया रविना चौधरीको सोमबार घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज-काठमाडौं चल्ने ना.४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो । वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन हिँडेकी २३ वर्षीया रविना चौधरी बीबीएस चौथो वर्षको परीक्षा दिएर जागिर सुरु गरेकी थिइन् । ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंले पैदल यात्रुहरुलाई जेब्रा क्रसबाट मात्रै बाटो काट्न भन्दै जथाभाबी बाटो काटे दुइसय रुपैया जरिवाना तिराउन शुरु गरेको छ। तर जेब्रा क्रसबाट पैदल यात्रुले बाटो काट्दै गर्दा चालकहरुले आफ्नो सवारी साधनलाई रोकेर पैदल यात्रुलाई प्राथामिकताका साथ पहिला जान दिनुपर्छ भन्ने कुराको हेक्का नराख्दा यस्ता दुर्घटनाहरु हुने गरेको छ । ट्राफिक प्रहरीले जथाभाबी बाटो काट्ने पैदल यात्रुहरुलाई कारबाहीको अभियान चलाउदै गर्दा जेब्रा क्रसमा गाडी बिस्तारै नचलाउने र गाडी नरोक्ने सवारी चालकहरुलाई कारबाही गर्ने गरेको देखिदैन।

भिडियो हेर्नुहोस :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger