उनी शुटिङका लागि सोमबार नेपाल आएका हुन् । चलचित्रमा समावेश आइटम गीतको भिडियोको पनि आजैबाट छांयाकन गरिएको छ । उक्त आइटम गीतमा भारतीय कलाकारकै नृत्य देख्न पाइनेछ । उनको नाम भने नेन्सी मारवाह रहेको छ । यस्तै चलचित्रकर्मीसँग कुराकानी गर्दे पहिलो पटक नेपाल आएका कलाकार रञ्जितले नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित र खुशी रहेको बताएका छन् ।
विशेष गरेर खलनायकको ट्यागले चर्चित बन्न सफल कलाकार रञ्जितले विभिन्न भाषाका चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् । चलचित्रलाई बि.के फिल्मसका गोपाल कायस्थले अल नेपाल वितरण गर्नेछन् ।
साथै भैरव चलचित्रबाट आफूलाई निर्देशकको रुपमा अघि बढाएका निखिल उप्रेतीले कमिट्मेन्टलाई गुणस्तरीय र दर्शकहरुको ढुकढुकीमा बस्ने खालको निर्माण गर्ने बताए ।
नेपाल, भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा समेत छांयाकन हुने यस चलचित्रमा बलिउडका अन्य चर्चित कलाकार र हिरोइनका बाबुको रुपमा भने क्याप्टेन विजय लामाले अभिनय गर्नेछन् । यद्यपी यस चलचित्रको लागि हिरोइन भने अझै टुङ्गो लागि सकेको छैन ।
Post a Comment