Latest Updates :

दार्जीलिङको आन्दोलनमा प्रहरी दमन उत्कर्षमा गोली लागेर ३ जनाको मृत्यु।

SHARE THIS POST :

एजेन्सी ३ असार – दार्जीलिङमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले शुरु गरेको आन्दोलन पछिल्लो केही दिन यता हिंसातमक बन्दै गएको छ ।
मृतक तीन जना मध्य दुई जनाको मात्र शब प्राप्त गरेको मोर्चाका महासचिव विनय तामाङले जानकरी दिए । उनका अनुसार अझ एकको शव निकाल्न पाइएको छैन । एकजनाको शव सिंहमारी पुलिस स्टेशनमाथिको जङ्गलमा छ भन्ने खबर पाएको उनले बताए ।
प्रहरीले आफूले गोली नचलाएको बताइरहेको छ भने मृतकको शरीरबाट सेनाले प्रयोग गर्ने गोली पाइएको मोर्चाको दाबी छ । आन्दोलनमा गोली चलेपछि एक आक्रोशित आन्दोलनकारीले एक प्रहरीलाई खुकुरी प्रहकार गरेका छन् । घाइते प्रहरीको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger