Latest Updates :

कतारमा कार्यरत झन्डै चार लाख नेपाली कामदार अन्योलमा ! नेपालमा बोर्डिङ पास लिइसकेका यात्रुलाई फर्काइयो ( अहिलेको अपडेट यस्तो छ अवस्य पढ्नुहोस) र शेर गरी कतार मा भएका नेपाली सामु पुराउनुहोला

SHARE THIS POST :

जेष्ठ २३, २०७४- चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु–साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोडेर पुन: कुवेत फर्किन सिमाना पुगेका थिए । तर सधैंजसो उनले सोमबार त्यो सीमा पार गर्न पाएनन् ।

‘बिहान ९ बजेतिर पुग्दा साउदी बोर्डर बन्द भइसकेछ,’ गुरुङले कान्तिपुरसँग फोनमा भने, ‘पुलिसले जान पाइँदैन मात्रै भन्यो ।’ कतारबाट खाडीका अन्य देशमा जमिनबाट आवतजावत गर्ने यो एउटै मात्र सीमा नाका हो ।

त्यसरी फर्किने उनी एक्ला थिएनन् । ‘कतारमै कम्पनी भएकाहरू आफ्ना क्याम्प फर्के । साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरू बोर्डरछेउ गाडी रोकेर बसेका छन्,’ उनले भने, ‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरू पारि साउदीतर्फको बोर्डरमा अड्किएका छन् ।’

उनले कम्पनीमा फोन गरेपछि मात्रै साउदी अरबलगायत ७ देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको सूचना पाएका थिए ।

आतंकवादलाई सघाएको भन्दै ती मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् । ‘हाम्रो रोजगारीको भविष्य र दैनिक जीवन के हुन्छ ?’ उनले भने, ‘हामी त अन्योलमा छौं ।’

कतार नेपाली कामदारका लागि प्रमुख गन्तव्य हो । त्यहाँ झन्डै ४ लाख नेपाली निर्माणलगायत विभिन्न सेवामा कार्यरत छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर ९ लाख नेपाली कतारमा काम गर्न गइसकेका छन् ।

‘साउदीले कतारसित स्थल, जल र हवाई क्षेत्र नै बन्द गरेको छ,’ १० वर्षदेखि त्यहाँ कार्यरत तेह्रथुमका रकमध्वज राईले भने, ‘साउदीकै बाटो बन्द हुँदा धेरै असर पर्छ कि जस्तो लाग्छ ।’

कतारमा छिमेकी देशले गरेको कूटनीतिक विच्छेदबाट तत्काल आत्तिनुपर्ने अवस्था नरहेको कतारका लागि पूर्वराजदूत डा. सूर्यनाथ मिश्रले बताए । ‘साउदीसँग कतारको सम्बन्ध पहिलादेखि नै चिसो थियो ।

अहिले औपचारिक रूपमा बाहिर आएको हो,’ उनले भने, ‘कतार पूर्णरूपमा साउदी र यूएईसँग निर्भर छैन । ती देशसँग कूटनीतिक सम्बन्धमा तल–माथि हुनेबित्तिकै कामदारको रोजगारमा असर परिहाल्दैन ।’

कतारले ठूलो हिस्सामा निर्माण सामग्री र खाद्यान्न समुद्री मार्गबाट ल्याउने गरेको छ । ‘दैनिक जीवनका लागि चाहिने मुख्य खाद्यान्न भारत, बंगलादेश र पाकिस्तानबाट आपूर्ति गर्छ,’ उनले भने, ‘नेपालीले अहिले तुरुन्तै बदलिएको कूटनीतिक सम्बन्धलाई लिएर धेरै चिन्तित हुनुपर्दैन ।’

कतारमा रहेका कूटनीतिज्ञहरूले बदलिँदो परिवेशमा प्रतिक्रिया जनाउँदा हतार हुने जनाएका छन् । नेपाली दूतावासले घटनाक्रमको अध्ययन भइरहेको जनाएको छ । कतारी परराष्ट्र मन्त्रालयले आप्रवासी र नागरिकको सामान्य जीवनमा केही असर नपर्ने भन्दै ढुक्क हुन अनुरोध गरेको छ ।

बोर्डिङ पास लिइसकेका यात्रुलाई फर्काइयो

अध्यागमन महानिर्देशकले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने चेतावनी दिएपछि अधिकृत भट्टराईले टिकट काटिदिने प्रतिबद्धता जनाएका छन् ।

श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए ।



विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् ।

सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दिन आफूलाई फिर्ता गरिएको भन्दै मोरङ पथरी ९ घर भएका आर्चायले डिल्लीबजारस्थित अध्यागमन विभागमा निवेदन दिएका थिए ।

स्रोतका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि कर्मचारीले यात्रुलाई रोकेको भन्दै अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अधिकृतलाई विभाग नै डाकेका थिए ।

स्रोतले भन्यो, ‘महानिर्देशक गेलालले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने बताएपछि भट्टराईले टिकट काटिदिने बताएका थिए ।’ व्यक्तिगत श्रम स्वीकृतिमा सबै प्रक्रिया पूरा गरेर हिँडेका आचार्यले कान्तिपुरसँग कुरा गर्दै आफूलाई अनाहकमा दु:ख दिइएको बताए ।

आचार्यले आफूले सबै सक्कल कागजात देखाउँदा पनि फिर्ता पठाइएको बताए । विमानस्थलको अध्यागमनमा खटिएका वरिष्ठ अधिकृत, ड्युटीमा खटिएका अधिकृत र विमानस्थल अध्यागमनका प्रमुख अधिकृतको सहमतिमा मात्रै यात्रुलाई अफलोड गर्न पाइने व्यवस्था छ । तर आचार्यलाई फिर्ता पठाउने काम भने भट्टराईले एकल निर्णयका आधारमा गरेका थिए ।

अध्यागमन कर्मचारीकै कारण आचार्यको ३१ हजार रुपैयाँमा किनेको टिकट खेर गएको छ । आचार्यले नयाँ यात्राका लागि फेरि टिकट काट्नुपर्ने बताए । उनले भने, ‘टिकट काट्नका लागि पैसा छैन ।

विमानस्थल अध्यागमनले टिकट काटिदिन्छ कि, हेरम ।’ आचार्य बहराइनस्थित एक कम्पनीमा रंग लगाउने काममा जान लागेका थिए । विमानस्थल अध्यागमन शाखाका प्रमुख होमनाथ थपलियाले आचार्य बुधबार या बिहीबार नै बहराइन जाने बताए ।

उनले कामदारले सबै कागजात नबुझाएकै कारण फिर्ता पठाइएको दाबी आफू मातहतका कर्मचारीले गरेको र आफूले सबै कागजात बुझाएको दाबी यात्रुले गरेको बताए । उनले भने, ‘दुवैका आ–आफ्नै दाबी छन् । उनी केही दिनमै गन्तव्य देश जान्छन् ।’ श्रोत: कान्तिपुर

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger