Latest Updates :

भखरै एक आपसमा गाडी ठोक्किदा आठ जनाको मृत्यु दुई जना गम्भीर घाइते

SHARE THIS POST :
नयाँदिल्ली: भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन्।
'जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र अटो रिक्सा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको बरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।
पीडित एक धार्मिक कार्यक्रममा सहभागी भएर अटो रिक्सामा फर्किदै थिए,” प्रहरी अधिकारी राजनीकान्त मिश्रले बताउनुभयो।
उक्त दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । घाइतेहरुमध्ये दुई जनाको अस्पतालमै गम्भीर अवस्थामा उपचार भइरहेको उहाँको भनाइ छ।
भारतमा यस्ता सवारी दुर्घटनाहरु अत्याधिक हुने गरेका छन्। यो संसारकै सबै भन्दा धेरै दुर्घटना हुने देशमा पर्दछ। एक तथ्याङ्कअनुसार भारतमा दैनिक चार सय जनाको सवारी दुर्घटना कै कारण मृत्यु हुने गरेको छ।
पर्याप्त मर्मत नगरेको सवारी साधन, विग्रेको बाटो र चालकको लापर्बाहीका कारण यती धेरै दुर्घटना हुने गरेको अधिकारीको भनाइ छ। रासस/सिन्ह्वा

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger