जो कसैको आखा रसाउछ- बुहारी र नातिको एकै चोटी मृत्यु गरीविले किरिया खर्च पनि छैन
बेनी : रघुगंगा-८ पात्लेखर्ककी ४६ बर्षीया देवीकला गुरुङ तीनदिन यता कहिल्यै नसोचेको पीडामा छिन्। राम्रोसँग बोल्नै सक्दिनन्। कहिले ‘मेरा छोरा’, कहिले ‘बुहारी’ त कहिले ‘सानो नातिबाबु’ भन्दै बरबराइरन्छिन्। १७ बर्षदेखि जीवनसाथीको अनुपस्थितिमा उनले दुई छोरा ९प्रेम-पदमबहादुर० र नन्दलाई हुर्काइन्। १७ बर्षअघि बालबच्चा पाल्ने भन्दै रोजगारको खोजीमा भारत पसेका देवीकलाका श्रीमान् सार्के गुरुङ त्यसयता कहाँ गए रु अहिलेसम्म कुनै टुंगो छैन। ३ बर्षअघि जेठा प्रेमले मंगला गाउँपालिका-४ अर्मन छिस्वाङबाट विवाह गरे। त्यसलगत्तै नाती जन्मेपछि देवीकला कति धेरै खुशी थिइन्। तर, उनको त्यो खुशी गत शुक्रबार एकाएक खोसियो। घरबाट सकुशल ससुराली आएकी बुहारी चिना र १४ महिने नातिले उनलाई अब कहिल्यै ‘आमा’ भनेर बोलाउने छैनन्। छोरा प्रेम कास्कीको पोखरास्थित कास्की सेवा अस्पतालमा जीवन-मरणको दोसाँधमा छन्। उनको होस अझसम्म पुरै खुलेको छैन। बिहान ढिडोसँग आलु र भेन्टा खाएका तीनैजना एकैपटक बेहोस भएपछि स्थानीको सहयोगमा उनीहरुलाई बेनी अस्पताल ल्याइएको थियो। चिनाको बेनी अस्पताल र उनको छोराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो। देवीकलाकी कान्छो छोरा नन्द भर्खर १० कक्षामा अध्ययनरत छन्। दैनिक मजदुरी गरेरै जीविका चलाउँदै आएकी देवीकला अहिले छोराको उपचारसँगै बुहारी-नातिको किरिया कसरी उत्तार्ने भन्ने चिन्तामा छिन्। ‘भाग्यले मलाई यसरी ठगेको छ, त्यसै त श्रीमानको कुनै अत्तोपत्तो छैन्, त्यसमाथि उमेर पुगेका छोरा-बुहारीको यस्तो घटना हुने’, देवीकला रुदै भन्छिन्, ‘हे भगवान, मलाई किन मारेनौँ रु’ भौगोलिक हिसाबमा अर्मन र पात्लेखर्क विपरित दिशामा पर्छ। कुईनेमँगलेस्थित पात्लेखर्क पुग्न अर्मनबाट बावियाचौर हुदै बेनी झरेर जानुपर्छ। देवीकलाकी कान्छा छोरा नन्दले भाउजू र छोराको किरिया कसरी गर्ने भन्ने चिन्ता पलाएको बताए। ‘बुबा नहुँदा पीडा कस्तो हुन्छ रु अहिले भोग्दैछौँ, दाइलाई सञ्चो हुने कि नहुने कुनै ठेगान छैन’, उनले भने, ‘किरिया खर्च र दाइको उपचारका लागि सबैमा अनुरोध छ।’ पात्लेखर्कका अगुवा युवा अंकित पुनले कमजोर आर्थिक भएकाले क्रिया खर्च जुटाउन अभियान सञ्चालन गर्न लागिएको बताए। ‘पोष्टमाटमदेखि दाहसंस्कारसम्म हामीले सहयोग मागेर काम ग¥यौँ। उहाँहरुको अवस्था एकदमै नाजुक छ’, पुनले भने, ‘सानो सहयोगबाट उनीहरुलाई ठूलो सहयोग हुनेछ।’कास्की सेवा अस्पतालमा उपचाररत प्रेम।
Labels:
Featured
,
National News
Post a Comment