Latest Updates :

‘म अझै पनि प्रदिपलाई माया गर्छु’ फेसबुकमा प्रदिपलाई ब्लक गरेको लामो समयपछि पूजाले भनिन्

SHARE THIS POST :
काठमाडौँ । प्रेमगीतमा एकसाथ काम गरेर चर्चामा आएकी नायिका पूजा शर्माले प्रेमगीतका सहकर्मी नायक प्रदिप खड्कालाई अहिले पनि माया गर्ने बताएकी छिन् । एक अन्तरवार्तामा पूजाले निर्धक्क खुल्दै भनिन् प्रदिपले अहिले मलाई कसरी हेर्छ थाहा छैन तर मैले भने उसलाई अझै पनि मायाकै भावनाले हेर्ने गरेकी छु ।

नायिका पूजा शर्मा र प्रदिपको लामो समयदेखि बोलचाल नभएको र पूजाले प्रदिपलाई फेसबुकमा समेत ब्लक गरेको समाचार बाहिर आएपछि उनीहरु अहिले फरक ब्यानरका दुई फिल्ममा काम गरिरहेका छन् । जसमध्ये पूजाले पल शाहसँग जोडी बाँधेको फिल्म ‘म यस्तो गीत गाउछु’ असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने तयारी छ भने प्रदिपको फिल्म प्रेमगीत २ साउन १३ गते प्रर्दशनमा आउने तयारीमा छ ।

ठूलो बजेटमा निर्माण गरिएको प्रेमगीतको सिक्वेल प्रेमगीत २ लाई बर्षकै बहुप्रतिक्षित फिल्मका रुपमा हेरिएको छ । जुन फिल्म स्वदेशमा भन्दा बढी विदेशमा छायांकन गरिएको र नेपालका निकै नै रोमाञ्चक दृश्यहरु सहित भिन्न कथाका साथ आउन लागेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger