Latest Updates :

राम्रो जागिर खाने रविनाको सपना २४ वर्षीय युवकले हाँकेको बसले चकनाचुर पारिदियो

SHARE THIS POST :
रविनाको घर सुनसरीको खनार हो।धरानमा मोटर मेकानिकको काम सिकिसकेपछि सुनसरी खनारका सूर्यनारायण चौधरी २०४७ सालमा परिवारसहित काठमाडौं आएका थिए।‘सुरुमा साथीहरुको समूहमा आएको थिएँ,’ उनी भन्छन्, ‘त्यसको एक महिना नबित्दै श्रीमती र एक महिनाकी जेठी छोरीलाई पनि काठमाडौं ल्याएँ।’उनका बाआमा अहिले पनि उतै बस्छन्। आउनेबित्तिकै उनले कमलपोखरीस्थित दुर्गा इन्जिनियरिङमा काम पाएका थिए। नौ वर्ष जागिरे जीवन बिताएपछि बितेको १७ वर्षयता उनले आफ्नै वर्कसप खोलेका छन्। चक्रपथकै सुकेधारास्थित राजधानी पेट्रोलपम्पको छेवैमा।

यता चक्रपथ वारिको टोल धुम्बाराहीमा उनी परिवारसहित अझै डेरा लिएर बस्दै आएका छन्। वर्कसपबाट मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए।५० वर्षे सूर्यनारायण दम्पतीको काठमाडौं आएपछि तीनवटा थप छोरी जन्मिए। जेठी सविता (२६) बाहेक माइली सविना (२५), साहिँली रविना (२३ मृतक) र कान्छी रञ्जना (२१)।हेर्नुहोस् सेतोपाटीले गरेका शृंखलाहरूवीर अस्पताल हिँडेकी आइतीमाया जब बग्गीखाना पुगिन्आफूकहाँ चौडा फुटपाथ राख्नेकै दूतावास नेपालमा पैदलयात्री छेकिरहेका छन्इन्जिनियर थिए राजमार्गका, सडक बनाए काठमाडौंको धुम्बाराहीस्थित चौधरी परिवारको डेरा पुग्दा मधेसी मध्यमवर्गीय परिवारको चित्रण त्यहाँ थियो। आमा अर्धबेहोस अवस्थामा एकोहोरो छोरीलाई भेट्न जाने कुरा गरिरहेकी थिइन् भने उनलाई सम्हालेर बसेका अन्य महिला छोरी अस्पतालमा रहेको बताउँदै थुम्थुम्याइरहेका थिए।

‘हामी कालोपुलमा डेरा लिएर बसेको बेला साहिँली छोरी रविना जन्मेकी थिई,’ सूर्यनारायणले भने, ‘सानैदेखि पढाइमा असाध्यै मनगर्ने र घरपरिवारको पनि हेरचाह गर्ने उसको गुण थियो।’घटनाकै दिन बिहान सबैभन्दा पहिले उठेकी रविना घरमा कुचो लगाइसकेपछि कलेज गएकी थिइन्। पशुपति क्याम्पसबाट बिबिएस चौथो वर्षको परीक्षा दिइसकेपछि उनले ‘रिसर्च पेपर’ बुझाउनुपर्ने थियो।माइली दिदीको पोखरातिर बिहे भइसकेको र कान्छी बहिनी खुर्कोटस्थित सामुदायिक अस्पतालमा ल्याब टेक्निसियन रहेकाले रविनाको सबैभन्दा नजिक जेठी दिदी सविता थिइन्। सँगसँगै स्कुलमा पनि पढाउने भएकाले उनीहरू साथीजस्तै थिए।

रविनाले एसएलसी र प्लस टु दुवै प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उनी पढेकै सुकेधारास्थित दीक्षान्त स्कुलले शिक्षिकाको प्रस्ताव राख्यो। सविता र रविना दुवैले तीन वर्षसम्म त्यस स्कुलमा पढाए। रविनाले पाँच कक्षासम्मका केटाकेटीलाई पढाउँथिन्।‘काम गर्दा आफ्नो पढाइ बिग्रियो भनेर त्यसपछि त्यो स्कुलको जागिर छाड्यौं,’ सविता भन्छिन्, ‘बिबिएसको फाइनल परीक्षा दिएपछि फेरि बसुन्धरास्थित पञ्चायन बोर्डिङ स्कुलमा काम पाएको थियो।’

कुनै शिक्षिकाको सट्टामा काम पाएकी रविनाले त्यस स्कुलमा बिहान साढे नौ बजेदेखि साढे तीन बजेसम्म पढाउने गर्थिन् भने पार्टटाइम शिक्षिका रहेकी सविताले दिउँसो एकदेखि साढे तीनसम्म पढाउँथिन्।‘महिनाको आठ–दस हजारजति कमाइ हुन्थ्यो,’ सविता भन्छिन्, ‘हाम्रा साना–साना आवश्यकताको निम्ति बुवाआमालाई भनिरहन इच्छा नभएकाले स्कुलमा पढाउने काम गरेका थियौं।’

बिहानको क्याम्पस पढेपछि फुर्सदको समय स्कुल पढाउने गरेकाले कुनै अप्ठेरो पनि नपरेको र कहिलेकाहीँ बचेको पैसा आमालाई दिने गरेको सविताले सुनाइन्। स्नातकको रिजल्ट आएपछि कतै राम्रो जागिर खाने दिदीबहिनीको योजना थियो। यस्तै क्रम चलिरहेका बेला सोमबारको दुर्दिन आइपुग्यो।‘नुहाइधुवाइ घर बढारेपछि पशुपति क्याम्पसमा पेपर र बाँकीरहेको फी पनि बुझाउने भनेर ऊ साढे आठ बजेतिर निस्केको थियो,’ सविता भन्छिन्, ‘पशुपति कलेजको काम सकेर उतैबाट आफू पढाउने स्कुल जाने भन्दै हिँडेको थियो।’

त्यसपछि एकैपटक ९ बजेर २० मिनेट जाँदा सविताको फेसबुकमा रविनाले म्यासेज पठाइन्। सविताको आइडी कार्ड आफ्नै झोलामा फेलापरेको जानकारी उनले त्यो म्यासेजमा दिएकी थिइन्।त्यसको केही समयमै प्रहरीको फोन आएको थियो।‘चक्रपथ वारी डेरा र पारी बुवाको वर्कसपदेखि स्कुलसम्म थियो,’ सविता भन्छिन्, ‘सम्पूर्ण बाल्यकाल सडक वारपार गरेरै बिताएका हामी दिदीबहिनीले कहिल्यै सामान्य दुर्घटना पनि बेहोर्नुपरेको थिएन।’

सूर्यनारायणले प्रहरीको फोन उठाउनेबित्तिकै उताबाट एकैपटक सडक दुर्घटनामा छोरीको मृत्यु भएको जानकारी पाएका थिए।सविताका अनुसार आफूहरूमध्ये बुवा सूर्यनारायणलाई रविनाले असाध्यै माया गर्थिन्। ‘रिजल्ट आएपछि राम्रो ठाउँमा नोकरी गरेर बुवालाई सघाउँछु भन्थ्यो,’ सविताले सुनाइन्, ‘बुवालाई आर्थिक भार भयो भनेरै उसले नै कर गरेर क्याम्पसको पढाइ सरकारी कलेजमा गरेको थियो।’

त्यस्ती छोरीको अचानक जेब्राक्रसिङमै हिँडिरहँदा गाडीले हिर्काएर मृत्यु भएको सुनेपछि सेतोपाटीसँग कुरा गरुञ्जेल सूर्यनारायणको छटपटी स्पष्ट देखिन्थ्यो।सूर्यनारायणसँग बुधबार विहान फेरि फोनमा सम्पर्क भयो। उनीहरूको टोली बिहान तोकिएको समयमै बस व्यवसायी समितिसँग वार्ता गर्न पुगिसकेको रहेछ।‘ख्वै बैठक भने पनि अहिलेसम्म समितिका कुनै मानिस आएका छैनन्,’ साढे १० बजे उनले फोनमा निराश हुँदै भने, ‘यता प्रहरी पनि सक्दो घटनाको विवरण अस्पष्ट पार्ने र एकोहोरो समितिसँग मिल्नुपर्छ भन्दै आइरहेको छ।’


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger