Latest Updates :

१२ वर्षीया बच्चीले गराइन् आफ्नै आमाको ‘डेलिभरी’

SHARE THIS POST :

काठमाडौँ । अमेरिकाको मिसिसिपी प्रान्तको ज्याक्सन सहरकी एक १२ वर्षीया बच्चीले आफ्नै आमाको ‘डेलिभरी’ गराएपछि संसारभर चर्चा फैलिएको छ । अपरेसन थिएटरमै गएर आमाको डेलिभरीका सक्रिय हुने बच्ची हुन्, जेसी डेल्लेपेना । जेसी यो कुरालाई लिएर उदास थिइन् कि आमाको प्रसव पीडाका क्रममा उनी आफ्नो कम उमेरका कारण भाइको जन्म हेर्न नपाउने अवस्थामा थिइन् । उनको उदासिनता देखेर डाक्टरले अपरेसन थिएटरमा जान स्वीकृति दिए । थिएटरमा पुगेपछि यति मात्रै भएन, जेसीले डाक्टरको निगरानीमा आफ्नो भाइको जन्म गराइन् र नालसमेत आफैँले काटिन् ।

‘मलाई रुन मन लाग्यो, किनभने मलाई लाग्यो कि आफ्नो कम उमेरकै कारण आफ्नो भाइ जन्मिएको हेर्न नपाउने भएँ,’ जेसीले डब्ल्युबी टिभीलाई भनेकी छिन्, ‘तर, डाक्टरले मलाई भाइ बाहिर निकाल्ने मौका दिए । म निकै उत्साहित भएँ । मैले यसअघि पनि डाक्टर बन्ने नक्कल गरिसकेकी थिएँ, तर यसपटक साँच्चिकै गरेँ ।’ जेसीका नवजात भाइ स्वस्थ छन्, र उसको तौल ३ दशमलव ३ किलोग्राम छ । जेसीको भावनाले उनका अभिभावकलाई पनि भावुक बनायो । आमा डेडेले भनेकी छिन्, ‘छोरीको भावना देखेर आँखाबाट आँसु आयो ।’

निक्की स्मिथ नामका व्यक्तिले जेसीको भावनात्मक तस्बिर फेसबुकम सेयर गरिदिए । स्मिथ जेसीको परिवारका निकट व्यक्ति हुन् । तस्बिर सार्वजनिक भएपछि छोटो समयमै लाखौँ सेयर भइसकेको छ । तस्बिर सार्वजनिक भएपछि र घटनाबारे जानकारी पाएपछि कतिपय व्यक्तिले डाक्टरमाथि सवाल उठाएका छन् । उनीहरूको तर्क छ कि, यस्तो परिस्थितिमा सानै उमेरकी जेसीलाई तनाव पनि निम्तिन सक्थ्यो । उनमा मानसिक समस्या पनि हुन सक्थ्यो । तर, यस्तो प्रतिक्रियामा निक्कीले लेखेका छन्, ‘जेसी र उनकी आमा दुवैको यो खुसीको पल सधँै यादमा आउनेछ ।’

तस्बिरमा जेसी भाइलाई जन्माउन डाक्टरसँग सक्रिय रहेको देखिन्छिन् । भाइ जन्मिएपछि पहिले उनले नै आफ्नो हातमा लिइन् र नराम्रोसँग रोइन् । सबै दृश्यमा देखिन्छ । आमा भन्छिन्, ‘जेसीले पहिले पनि अर्को भाइको डेलिभरीको समयमा लेबर रुममा उपस्थित हुने इच्छा जनाएकी थिइन् । तर, त्यो समयमा उनी निकै सानी थिइन् । नयाँ पत्रिकाबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger