अख्तियारका अनुसार २० हजार घूस रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको हो । मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घूस रकम मागिरहेको सूचना तथा गुनासोका आधारमा अख्तियारले उनीमाथि निगरानी बढाएको जनाएको छ । बुधबार दिउँसो कार्यालय परिसरबाटै उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी निराजन शर्माले बताए ।
यस्तै सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले सोमबार राति पनि जिल्ला मालपोत कार्यालयका खरिदार नरबहादुर सारूमगर र लेखापढी व्यवसायी सर्जु थापालाई पक्राउ गरेको थियो । उनीहरू नेपालगन्जको एक रेस्टुरेन्टमा सेवाग्राहीसँग ४ लाख ९८ हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।
Post a Comment