विवाहको लागि मेसीले आफू जन्मेको देश अर्जेन्टिनको रोसारियो शहर नै रोजेका छन्। उनीहरुको विवाहको लागि सिटी सेन्टर रोसारियो नामक फाइभ स्टार होटल पूर्ण रुपमा तयार पारिएको छ। त्यस्तै मेसीको विवाहको लागी सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।
सान्टा फे मा रहेको सिटी सेन्टर रोसारियोलाई पुरै झकिझकाउ बनाइएको छ। उक्त फाइभ स्टार होटेलमा स्पाका साथै आफ्नै क्यासिनो समेत रहेको छ।
विवाहमा मेसीले बार्सिलोनाका सहकर्मीहरुलाई नै बोलाएका छन्। सिटी सेन्टर होटेलमा प्रेसिडेन्टल सुइटसँगै कूल १८८ रुम छ। यस्तै गेस्टहरुका लागि भनेर ग्रस टेनिस कोर्ट पनि बनाइएको छ।
सन् २००८ देखि डेटिङ सुरु गरेका मेसी र एन्तोनेला त्यसपछि विभिन कार्यक्रममा सँगै देखिन थालेका हुन्। उनीहरुको थियागो ९४० र माटियो ९१० वर्षका छोरा छन्।
Post a Comment