Latest Updates :

अमिताभका कारण परविनसँग सम्बन्ध टुट्यो : डेनीको आरोप

SHARE THIS POST :

एजेन्सी । बलिउडमा बिग बीको उपनामले चर्चित तथा सम्मानित अभिनेता अमिताभ बच्चनमाथि अर्का चर्चित तथा पुराना अभिनेता डेनी डेन्जोङ्पाले गम्भीर आरोप लगाएका छन् । आरोप कुनै चलचत्रिसँग जोडिएको छैन । अमिताभले परविन बाबीसँग आफ्नो सम्बन्ध टुटाउन भूमिका खेलेको डेनीको आरोप छ ।

एक मिडिया अन्तर्वार्तामा उनले परविनसँग लिभ–इन–रिलेसनमा रहेकै अवस्थामा अमिताभको नकारात्मक भूमिकाले सम्बन्ध टुट्न पुगेको बताएका छन् । प्रेम सम्बन्ध टुटेपछि पनि पारविनसँगको व्यक्तिगत सम्बन्ध नराम्रो नरहेको पनि डेनीले बताएका छन् । तर, पछि पूरै सम्बन्ध टुट्यो ।

उनले भनेका छन्, ‘एक दिन परविनले अमिताभजीको अन्तर्वार्ता पढिरहेकी थिइन्, त्यतिखेर उनले भनेकी थिइन् कि म उनको राम्रो साथी हुँ । यसलगत्तै परविनले मसँगको सम्बन्ध अन्त्य गरिन् । त्यसपछि पनि मैले उनीसँग नजिकिने कोसिस गरेँ । भेट्न गएँ, तर मलाई चाबीको झुप्पाले हिर्काइन् । त्यो समय उनी यस्तो प्रकारको बिमारबाट ग्रसित थिइन् कि उनी कोही व्यक्तिसँग डराउँथिन्, जसले उनीसँग गलत काम गरेको हुन सक्छ । यस्ता व्यक्तिमा अमितजीको समेत नाम थियो । त्यसैले अन्तर्वार्ता पढेपछि मसँग पनि डराउन थालिन् भन्ने मलाई लाग्छ ।’ नयाँ पत्रिकाले छापेको छ ।

डेनीका अनुसार त्यो समयमा परविनको पछाडि फिल्मनिर्माताको लाइन लाग्थ्यो । तर, उनको मृत्युमा भने ती सबै कतै हराए । परविनको अन्तिम यात्रा सम्झिँदै डेनी भन्छन्, ‘त्यो अन्तिम यात्रामा मलगायत कविर बेदी, मुकेश भट्ट, जोनी बक्सी, रञ्जित र बलिउड निर्माता हरिर शाह मात्र उपस्थित थियौँ ।’


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger