Latest Updates :

फिल्म शरदका पातहरुको छायाँकन तिब्र, पूर्वको गर्मिले छेकेन युवा निर्देशक देमिनलाई

SHARE THIS POST :
काठमाडौं । असारको तातो गर्मिको पर्वाह नगरी पूर्वाञ्चलको विभिन्न रमणीय स्थानहरुमा ‘शरदका पातहरु’को छायाँकन भैरहेका छ ।

युवा निर्देशक देमिन राई राज्यको निर्देशनमा चलचित्र ‘शरदका पातहरु’को छायाँकन भैरहेको हो ।

लामो समय देखि चलचित्र क्षेत्रमा निर्माण नियन्त्रकको रुपमा काम गर्दै आएका टि.एन. गणेश भण्डारीको कथा रहेको ‘शरदका पातहरु’ एभरेष्ट कलचर एण्ड मिडिया एकेडेमीको ब्यानरमा निर्माण भैरहेको छ भने सागर दराईको लगानी रहने छ ।

अनिता देवी तामाङ र बृहस्पति राईको सह निर्माणमा तयार हुने यस चलचित्रलाई सामसायिक प्रेम कथालाई सन्देशमुलक अनि मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्ने निर्माण पक्षको दावी रहेको छ ।




चलचित्रमा सुवाष मेचे, करिष्मा मानन्धर, श्रेया दुलाल , अजित राई , मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमीता जी.एमे., श्याम कुमार राई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहने छ ।

चलचित्रमा निर्देशक देमिनकै संगीत रहेको छ । पुर्वका धरान, धनकुटा, भेडेटारमा लगायतका ठाउँहरुमा चलचित्रकोे छायांकन हुने बताईएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger