Latest Updates :

कतार नाकाबन्दी ले लियो यस्तो मोड युएई ले सेना प्रयोग नगर्ने बरु थप आर्थिक दवाव दिने

SHARE THIS POST :

जेष्ठ ३१, २०७४- अमेरिकाले खाडीमा देखिएको कुटनीतिक संकट सुधारको दिशातर्फ उन्मुख रहेको जनाएको छ ।

छिमेकी देश साउदी अरवको नेतृत्वमा कतारमाथि जुन ५ देखि गरिएको कुटनीतिक विच्छेद जारी छ । साउदी, बहराइन र युएईले कुटनीतिक विच्छेदसँगै स्थल, जल र हवाई उडान समेत रोकिदिएको छ ।

वासिङटानमा साउदीका परराष्ट्रमन्त्री अदेल अल–जुविएर र अमेरिकी विदेश सचिव रेक्स टेर्लिसनवीच भेटर्वार्तापछि प्रवक्ता हीथर नौटले प्रेस सम्मेलनमा भनिन्,‘निकै आशालाग्दो र्वार्ता भयो ।’

यसैवीच अमेरिकाका लागि युएईका राजदूत युसेफ अल ओटाइवाले कातरविरुद्ध सैन्य प्रयोग नहुने विश्वास दिलाएका छन् । उनले वरु थप आर्थिक दवाव सिर्जना गर्ने वताए । ‘हामी कुनै सैन्य शक्ति प्रयोग गर्ने कदम चाल्नेवाला छैन,’ उनले भने ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger