संसारलाई चकित पार्ने र रुवाउने एउटा अर्को घटना अहिले सामाजिक संजालमा भाइरल भन्दै गएको छ । उक्त घाटना जब सार्बजनिक भएको छ यस संगै प्रहरी प्रशासन माथि पनि प्रस्न उठेको छ । भारतको उत्तरप्रदेश मेरठमा पति र घरपरिवारको यातनाबाट आत्महत्या गरेकी एक महिलाकी ५ वर्षकी छोरी न्यायको लागि प्रहरी अधिकारीकहाँ धाइरहेकी छिन् । आफ्ना मावली हजुरबुवा र मामासँग प्रहरीमा पुगेकी सीमाकी छोरी मानवी खुत्रुके हातमा लिएर गएकी थिइन् । उनले आइजी राजकुमारलाई आफ्नो खुत्रुके दिएर आफ्नी आमालाई न्याय दिलाउन अनुरोध गरिन् । ती बालिका आफ्नो खुत्रुके लिएर प्रहरीकहाँ गइन् र भनिन् ‘मेरो खुत्रुके लिनुस् र मेरी मम्मीलाई मर्न बाध्य बनाउनेहरुलाई समात्नुस् । मम्मीलाई न्याय दिनुस् ।’
ती बच्चिकी आमा सीमा कौशिकले परिवार र पतिको यातना सहन नस की केहि केहि दिन अघि आत्महत्या गरेकी थिइन् । आफ्नै परिवारको सधै यातना सहन नसकेपछी सीमा ४ वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । मृत्यु हुनुभन्दा तीन दिनअघि सीमा आफ्ना पतिको गिरफ्तारीको माग राख्दै प्रहरीकहाँ पुगेकी थिइन् । आत्महत्यापछि उनको पति समेत परिवारका ५ जना विरुद्ध माइती पक्षले किटानी जाहेरी दिएका छन् । प्रहरीले उनका पतिलाई गिरफ्तार गरे पनि अन्य चार जनालाई भने पक्राउ गरेको छैन ।
आफ्नी आमाको हत्याका आरोपीलाई तुरुन्त गिरफ्तार गरिदिन उनि जब प्रहरीकोमा पुगिन तब सबैले ति बच्चीलाई देखेपछि अचम्मित पनि भए भने कति भाबुक बनेका थिए । प्रहरी अधिकृत आइजीले बच्चीलाइ खुत्रुके फिर्ता दिए तर, बाहिर आउनासाथ उनको हातबाट खुत्रुके खसेर फुट्यो । खुत्रुके फुटेपछि मानवी निकै उदास भइन् । उनका मामाले उनलाई नयाँ खुत्रुके किनिदिने आश्वासन दिएर लिएर गएका थिए ।
एक मासुम बच्ची त्यसरी प्रहरीकोमा खुत्रुके लिएर पुगेपछि एउटा प्रश्न खडा के हुन्छ भने प्रहरीको सिस्टम भ्रष्टाचारमा कति सम्म डुबेको हुन्छ भन्ने कुरा ति अबोध बालिकाले पनि बुझिन र नै त्यसरी घुस दिनको लागि खुत्रुके बोकेर पुगिन ।आफ्नी आमाका हत्यारालाइ उनले बाहिर गुम्फिर गरेको देख्दा उनि पक्कै पनि पिडामा छैन भन्ने बुज्न सकिन्छ बाँकि तल भिडियोमा हेर्नुहोस सोहि मनछुने दृश्य तल भिडियोमा हेर्न सकिन्छ
Post a Comment