- हरि गौतम, रुकुम
वैशाख १५, २०७४- आठविसकोट नगरपालिका–१४ पीपलचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोही वडाको छेपारेबाट आठविसकोटकै राडीबजार जाँदै गरेको ग १ ज २०६ नम्वरको जीप ठूली भेरी नदीमा खस्दा १ बालकसहित ३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका–८का १ बर्षीय सिजन बुढा, सक्ला जाजरकोटका २४ वर्षीय कुमबहादुर बस्नेत छन् । अर्का १ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले दुर्घटनामा परी घाइते भएका ११ जनालाई घटना स्थलबाट उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल जाजरकोट र रिम्ना पठाइएको छ ।
जीप नदीमा खसेका कारण केही बगेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आइ नसकेको प्रहरी निरीक्षक रजालीले बताए ।
घटना स्थलमा प्रहरी चौकी पूर्तिमकाँडा तथा इलाका प्रहरी कार्यालय आठविसकोट रुकुम र रिम्ना तथा दल्ली जाजरकोटबाट प्रहरी पुगेको छ । घटना हुनुको कारण र जीपमा कतिजना यात्रु थिए भन्नेबारे पनि केही खुल्न नसकेको प्रहरीले बताएको छ ।
#साभार
Post a Comment