Latest Updates :

विश्व चर्चित पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँ मा बिक्रि

SHARE THIS POST :
काठमाडौं, जेठ २ । विश्व चर्चित पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँ (४५ मिलियन अमेरिकी डलर)मा लिलामी बिक्री भएको छ ।
बीबीसीकाअनुसार पिकासोले आफ्नी प्रेमिका डोना मारको तस्वीर पेन्टिङमार्फत् ‘सिटेड वुमेन इन ब्लु ड्रेस’ नाममा कोरेका थिए ।

दोस्रो विश्वयुद्धमा नाजी सेनाले उक्त पेन्टिङ जफत गरेपछि पेन्टिङलाई पेरिसको मोराविया सहर लैजानेक्रममा फ्रान्सका सैनिकहरुले खोसेर फिर्ता ल्याएका थिए ।

हालै बिक्री भएको उक्त ‘सिटेड वुमेन इन ब्लु ड्रेस’ नाम गरेको पेन्टिङलाई अमेरिकी संग्रहकर्ताले किनेका हुन् ।

उक्त पेन्टिङ यसअघि करिब २ अर्ब ६७ करोड रुपैयाँ (२६ मिलियन अमेरिकी डलर) मा खरिद–बिक्री भएको थियो ।

डोरा मार र पिकासोको प्रेम सम्बन्ध करिब ९ वर्षसम्म चलेको थियो । सन् १९३९ मा पिकासोले आफ्नै प्रेमिका डोनाको तस्वीर कोरेका थिए । त्यतिखेर पिकासो ५८ वर्षका थिए भने डोना ३१ वर्षकी थिइन् ।

बीबीसीका कला संवाददाता विसेन्ट डन्डकाअनुसार उक्त पेन्टिङ पिकासोले हतारमा आफ्नो जीवनको अन्त्यतिर बनाएका पेन्टिङमध्ये सबैभन्दा मूल्यवान र चर्चित रहेको थियो ।

विसेन्टले भनेका छन्–‘यस पेन्टिङमा पिकासोले प्रेम र चाहनालाई पेन्टिङको भाषामा उतारेका छन् ।’

सन् २०१५ मा पिकासोले नै कोरेको अर्को ‘वुमेन अफ अल्जियर्स’ नामक पेन्टिङ एक्सन हाउस क्रिस्टीले करिब १८ अर्ब ३६ करोड रुपैयाँ (१७९ मिलियन अमेरिकी डलर)मा लिलामीमार्फत् बिक्री गरेको थियो ।

पिकासोको बिक्री भएकामध्ये ‘वुमेन अफ अल्जियर्स’ अहिलेसम्मकै सबैभन्दा मूल्यवान पेन्टिङ हो ।

पिकासो सन् १८८१ अक्टोबर २५ मा स्पेनमा जन्मिएका थिए भने ९१ वर्षको उमेरमा सन् १९७३ अप्रिल ८ का दिन फ्रान्समा उनको मृत्यु भएको थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger