Latest Updates :

दुबईमा भुलेर पनि यी कामहरु नगर्नुस, नत्र जेलको बास हुन सक्छ हुन्छ (सेयर फर नेप्लीज)

SHARE THIS POST :
युएई। युएईको मुख्य सहर आबुधावमा एक जोडीलाई विवाह भन्दा पहिला नै यौन सम्पर्क गरेको अभियोगमा जेल सजाय सुनाइएको छ। दुबइको कानुन अनुसार विवाह पूर्व यौन सम्पर्क गैरकानुनी हुन्छ। युएईको दुबई सहर आबुधाबीभन्दा चर्तित ट्राभल डेस्टिनेशन हो।

विश्वभरमा मानिसहरु घुम्न त्यँहा पूग्छन्। आज तपाइँहरुलाई दुबईको केही यस्ता कानुनका विषयमा तपाइँहरुलाई जानकारी दिन गइरहेका छौं जसलाई फलो नगर्दा धेरै पर्यटकले दुख पाएका छन्।

दुबईमा २०१२ मा साइबर क्राइमलाई लिएर कडा कानुन पारित गरिएको छ। सो कानुन पारित भएपछि सामाजिक संजाल प्रयोगकर्तालाई सहज रहन आग्रह गरिएको छ। सो कानुन पालना नगरेको भन्दै २०१३ मा एक व्यक्तिलाई पक्राउ गरिएको थियो।

दुबईमा सहरिया कानुन लागू गरिएको छ। कानुन अनुसार चारजना प्रत्यक्षदर्शी नहुने हो भने बलात्कार गरेको प्रमाणित हुँदैन। यस्तो अवस्थामा महिलाले कसैलाई आफूमाथि बलात्कार गरेको आरोप लगाइन भने प्रमाण नपुगेसम्म उनैलाई पक्राउ गरिन्छ।

२०१३ मा नर्बेकी मार्ते देबोराहसँग यस्तै भएको थियो। बिजनेश ट्रिपमा उनका साथीले उनीमाथि बलात्कार गरेका थिए। आफू बलात्कृत भएको खबर प्रहरीलाई गरेकी देबोराहले प्रमाण पुर्याउन नसक्दा १६ महिनासम्म जेल जीवन बिताउनु परेको थियो।

अमेरिका र बेलायतजस्ता मुलुकका विदेश मन्त्रालयका अनुसार दुबईमा विपरित यौक सम्पर्ककालागि एकसाथ होटलको कोठा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।

दुबईमा सार्वजनिक स्थानमा अनुमति विना कुनै पनि महिलाको फोटो खिज्नु अपराध मानिन्छ। सरया कानुनका अनुसार यस्तो गर्न धार्मिक विश्वासमाथिको अपमानका रुपमा लिइन्छ। यसो गर्दा ठूलो मात्रामा जरिवाना र जेल जीवन पनि बिताउनुपर्ने हुनसक्छ।

बेलायतको फनेर अथोरिटीले दुबईस्थित बेलायती पर्यकटलाई सार्वजनिक स्थानमा अकंमाल र किन नगर्न सुझाव दिएको थियो।

दुबईमा लागू औषधको प्रयोग गैरकानुनी हो। लागू पदार्थको आरोपका पक्राउ परेपछि ४ वर्षदेखि १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

दुबईमा बार र नाइटक्लब बाहेक सार्वजनिक स्थानमा संगीत बजाउन र डान्स गर्न प्रतिबन्ध लगाइएको छ।
एजेन्सीको सहयोगमा


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger