काठमाडौँ । शारीरिक, मानसिक तथा आत्मिक विकासका लागि निःशुल्क योग शिविर संचालन हुने भएको छ । स्वामी शिवकृपानन्द गिरी जी महाराजको शिक्षामा आधारित समर्पण ध्यान योग नाम दिइएको सो शिविर यहि जेठ १९ – २६ गते सम्म प्रत्येक दिन बेलुका पाँच बजे देखि सात बजे सम्म दुई घण्टा चल्ने कुरा कार्यक्रम आयोजक सदस्य प्रकाश भण्डारीले उल्लेख गर्नु भयो । यस कार्यक्रममा जुन सुकै सम्प्रदाय, भाषा, उमेर, लिङ्ग, जात र उमेर समुहका व्यक्तिले पनि विना रोक टोक उक्त कार्यक्रममा सहभागी हुन सक्ने छन् भनि उहाँले बताउनु भयो ।
यो ध्यान योग प्रत्यक्ष अनुभुतिमा आधारित छ । यस ध्यान योगको गहिरो प्रयोग र अनुसन्धान गर्ने व्यक्तिहरुमा भौतिक तथा आर्थिक विकासको बाटो खोल्ने शक्ति भएको साथै शारीरिक सौन्दर्य, बौद्धिक विकास र ओजस्विता कुण्डलिनी शक्तिको उध्र्वगमन हुने साथै अनेकौ सिद्धि पनि प्राप्त हुन्छ साथै ईश्वरीय सम्पर्कको ढोका खोल्छ भन्ने कुरा संयोजक तुलसी राम रेग्मीले व्यक्त गर्नु भयो ।
पहिलो पटक काठमाण्डौमा संचालन गर्न लागिएको यो ध्यान शिविर वदर्श स्र्पोट हल नयाँ बसपार्कमा हुने कुरा बताइएको छ ।
Post a Comment