Latest Updates :

बि.सं.२०७४ साल जेठ १५ गते सोमवारको राशिफल

SHARE THIS POST :

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । जेठ महिनाको १५ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१७ मे महिनाको २९ तारिख ।
योगः   गण्ड योग, १२ः२२ बजेपछि वृद्धि योग ।
तिथीः ग्रीष्म ऋतु ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथी, १६ः३० बजेपछि पञ्चमी तिथी ।
नक्षत्रः पुनर्वसु नक्षत्र, १८ः५० बजेपछि तिष्य नक्षत्र ।
करणः वणिज करण ०५ः३४ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  मिथुन राशिमा, १३ः०९ बजेपछि कर्कट राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः११ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः५२ बजे ।
राहुकालः ०६ः५३ बजेपछि ०८ः३६ बजेसम्म ।
यात्राः पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मिश्रित देखिन्छ । बिहानीसत्र पुरुषार्थकर देखिएको छ । शुभेच्छुकबाट सहयोग मिल्ने तथा व्यवसायबाट अर्थलाभ गर्न सकिने छ । जोशजाँगर बढ्नाले कामकार्यमा पनि मन लाग्ने छ । प्रतिस्पर्धा आदिमा पनि राम्रो पौरख देखाएर अग्रता लिनसकिने छ । मान्छेहरुबाट प्रशंसा मिल्ने तथा प्रख्याति बढ्ने छ । मध्यान्ह  पछि क्रमशः समय केही विपरित बन्नसक्ने लक्षण देखिएकोले अल्लि ख्याल पुर्याउन जरुरी देखिएको छ । वैचारिक द्वन्द बढ्ने र अशान्ति हुनसक्ने छ सुजबुझपूर्वक व्यवहार गर्नु होला । सेतो रङ्ग, चार अङ्कको प्रयोग र भगवान शिवको श्रद्धाभक्ति तर्पाईको लागि फापसिद्ध हुनेछ । तथापि खासै प्रार्थमिकता नदिइएको कार्य वा क्षेत्रबाट आकस्मिक रुपमा फाइदा मिल्ने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल परेको छ । भरपुर बुद्धि विवेक एवं शक्तिको प्रयोग गरेर बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । महत्त्वपूर्ण काम सम्पादन हुनसक्ने ग्रहगोचरको लक्षण देखिएको छ । प्रसस्तै शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मन लाग्नेछ । विशेष कामकार्य सम्पादन गर्न सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पनि पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही अबरोधको बाबजुत पनि उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ ।  अबसरको सदुपयोग गर्न जाने  बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्नेछ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्ग शुभ हुनेछ भने शनिदेवलाई खुशी बनाउनु थप सफलताप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म सामान्यतया संघर्षको महसूस भएपनि केही कामकार्यमा सफलता मिल्नसक्ने देखिन्छ । नसोँचिएको तर्फबाट आकस्मिक उपलब्धि हुने सम्भावना छ । उपरान्तको समय रमाइलो भने रहनेछ तथापि सम्पादन गर्नखोजेको कार्यमा अल्झन आउनसक्ने देखिन्छ । सामान्य तरिकाले समय व्यतित हुनसक्ने छ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर मिल्नसक्ने छ । सहयोग आउने आश्वासन मिल्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ । कामकार्यमा आउने अल्झन निवारणको लागि भगवान हनुमानको भक्ति गर्नु शुभप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन बिहानी समय पेशा एवं व्यवसायिक कार्यको लागि सहज नै देखिएको छ । दैनिकी कामकार्यबाट पनि राम्रौ उपलब्धि हुनेछ । क्रमशः गोचरको स्थितिमा परिवर्तन आउनेछ । खोजेकै आर्थिक उपार्जनको लागि अल्लिक प्रयत्न गर्नु पर्ने छ । तथापि खासै चेष्टा नपुर्याइएको काम बनेर आयआम्दानी हुने तथा फुर्तिफार्ति हुने र व्यस्त रहनपर्ने हुनसक्ने छ । आकस्मिक आयको बाबजुत खर्चको पनि उतिकै सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । कसैकसैलाई विनामेहनतको आर्जनतर्फ मन आकर्षित नहोला भन्नसकिन्न ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल परेको छ । ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने तथा जिम्मेवारी पनि बढ्नेछ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुनेछ भने अधुरा रहेका कामहरुलाई पूरा गर्नसकिने छ । युवायुवतिको हकमा विवाहको चर्चा चल्नसक्ने छ भने प्रेमपारखीहरुको लागि प्रेम प्रस्ताव आउनसक्ने छ । मान्यजनको सेवासत्कार वा भेट्दर्शन गर्नाले थप सफलता प्राप्त गर्न सहज हुनेछ । आज यहाँलाई दुई अंक, सेतो तथा रातो रङ्गको उपयोग शुभ रहनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन यद्यपि मान एवं अर्थ लाभ हुनेदिन परेको छ । तथापि विशेष मानिएको उपलब्धि हुनलाई भने अबरोध देखिएको छ । पेशा एवम् व्यवसायको महत्त्वकांक्षी योजना भने हुनसक्ने छ । मानसम्मान मिल्ने, सामाजिक प्रतिष्ठा बढ्न भने सक्नेछ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको दर्शनभक्ति शुभकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पहिलो खण्ड प्रतिकूल रहेपनि पछिल्लो खण्डबाट सहज हुने ग्रहगोचर रहेको छ । शुरुमा मिथ्या लाञ्छना तथा अबरोध वा केही संघर्षजन्य स्थिति रहेपनि आकस्मिक अनपेक्षित आयआम्दानी एवं उपलब्धि हुनेछ भने क्रमशः बाधाकष्ट हट्न गई परिस्थितिमा सुधार आउनेछ । धार्मिक विचार र भाभुकता बढ्ने छ भने कामकार्य तथा व्यवहारमा राहतको महसूस हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ मिल्ने छ भने समाजसेवा तथा राजकाजबाट पनि स्याबासी मिल्ने देखिन्छ । नौ अङ्क, पहेंलो रङ्कको प्रयोग र धार्मिक एवं विद्वानजनको आर्शिवाद ग्रहण गर्नु फापप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन
दिनको पूर्वखण्डमा जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्राको संयोगलाई पनि सम्भावना देखाइरहेको छ । मध्याह्नबाट भने स्वास्थ्यमा मौसमी विमारको सिकायत हुनसक्ने छ । सामान्यतया यो राशि हुने सबैले खानपिन एवम् रहनसहनमा ख्याल पुर्याउन र दीर्घरोगीले विशेष ध्यान दिन जरुरी पर्नेछ । सेतो एवं रातो रङ्ग, सात र आठ अङ्कको प्रयोग मिलाउनु फापकर हुनेछ भने ईष्टदेवसेवाश्रद्धा भक्तिभाव बढाउनु राहतप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन पूर्वखण्डमा थातिरहेको काम पूरागर्ने आँट साहस बढ्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ गर्नसकिने छ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति थपिने छ । विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्याह्नबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्नसक्ने छ । महत्त्वपूर्ण काममा भने केही अबरोध आउनसक्ने छ निवारणको लागि भैरवदेवको सेवा आराधना गर्नु उपयुक्त हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मिश्रित देखिएको छ । ज्ञानोन्मादलाई संयम गर्नसकेमा विद्याबुद्धिको विकास हुनेछ । बिहानीसमय उपरान्त भने अप्रत्यक्ष रुपमा बाधाब्याबधान नआउला भन्न नसकिने गोचर भएपनि सामान्यतया दैनिकी कामकार्य ठिकै रुपमा सुचारु हुनसक्ने छन् । बढी ईच्छ्याएको काम कार्यान्वयन हुन अल्लि गार्हो पर्ने भएकोले आज यहाँले कुनै पनि विषयमा बढी आसक्ति नगरेको राम्रो हुनेछ भयो । तथापि आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, शर्त गरेर विपक्षिसँग  सम्झौतामा आउनसकिने छ । आज तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने भैरवदेवको स्तुति गर्नाले अदृष्य ग्रहावरोध कम भई शुभफल प्राप्त हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म बोली व्यवहारमा सावधानी अप्नाउन पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्ने तथा सावधानीपूर्वक कामकार्य सम्पादन गर्ने गर्नु बुद्धिमनी हुनेछ । मध्यान्हपछि भने ग्रहगोचरमा केही सुधार आउने छ । क्रमशः विद्याबुद्धिमा सुधार आउने र निस्कर्ष केहीहद्सम्म उपयुक्त निस्कने छ । विद्यार्थीवर्गको लागि फाइदाकर दिन रहनेछ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने विद्यार्थी वा शिक्षा क्षेत्रलाई सहयोग गर्नु फापसिद्ध हुनेछ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger