Latest Updates :

एक कुख्यात अपराधी जसलाई नेपाल प्रहरीले पक्राउ गरि बुझाएको थियो उसलाई अदालत परिसरमै गोलि हानि हत्या गरियो !

SHARE THIS POST :

२८ बैशाख, काठमाडौं
कुख्यात अपराधी बब्लु दुबेको अदालतमा पेश गर्ने क्रममा गोली हानेर हत्या भएको छ । भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लु भनिने मितिलेश दुबेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेश गर्न लागिएको थियो । प्रहरी घेराका बीच लगिएका उनीमाथि अदालत परिसरमै गोली प्रहार भएको छ ।
तीन जनाको संख्यामा रहेको अज्ञात समूहले उनीमाथि गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।
मोस्ट वान्टेड सूचीमा रहेका बब्लुलाई २०१३ मा नेपाल प्रहरीले पक्राउ परेको थियो । काठमाडौंबाटै पक्राउ परेका उनलाई एक सातापछि बिहार प्रहरीलाई बुझाइएको थियो ।
३१ वर्षका बब्लुले बिहारको जेलबाटै विहारका साथै सीमा क्षेत्रमा आपराधिक धन्दा चलाउँदै आएका थिए । उनीविरुद्ध नेपालमा पनि अभियोग छ । गत वर्ष उद्योगी सुरेश केडियाको अपहरण समेत बब्लु समूहले नै गरेको बताइन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger