Latest Updates :

काठमाडौंबाट लुक्लाको लागि उडेको विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

SHARE THIS POST :
सोलुखुम्बु/ काठमाडौंबाट लुक्लाको लागि उडेको ९ एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सह–क्याप्टेन सृजन मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल बोल्न सक्ने अवस्थामा रहेकी एयरहोस्टेज प्रज्ञा महर्जनलाई थप उपचारका लागि डाइनास्टी हेलिकप्टरद्वारा काठमाडौं लैजान लागेकोमा पुनः मौसम खराबीका कारण छुप्लुङमा आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger