नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको चरित्र हत्या भएको भन्दै विभिन्न निकायले प्रश्न उठाउन थालेका छन् । शिक्षा विद् तथा प्रध्यापक डाक्टर मनप्रसाद वाग्लेले सामाजिक सञ्जाल मार्फत चौथो अंग पत्रकारीतामाथि नै प्रश्न उठाएका छन् ।
‘भारतमा ८ लाख पर्ने गाडी नेपालमा २२ देखि २५ लाखमा बिक्दा कोही चूँ बोल्दैनन् र तर सर्वसाधारण जनताले ३-४ सय तिरेर बाल्ने एलईडी बल्ब १३० रुपैयाँमा उपलब्ध गराउने सरकारी योजना भताभुंग होस् भन्ने चाहनेले कसको वकालत गरिरहेछन् ?
त्यो पनि २०० मेगावाट बिजुली बचत गर्नर कुलामानले त भ्रष्टाचार भएको भए झुन्डिने वाचा गरिसके,’ उनले सामाजिक सञ्जालमा पत्रकारलाई प्रश्न गर्दै लेखेका छन्,‘ यस्तो अफवाह फैलाउनेले चैं वाचा गर्नु नपर्ने ? कि चौथो अंग भनेर जे गरे पनि छुट हुन्छ ? भोलि जसले हार्ला ऊ सजायको भागि होलार यो त रेष्टुरेन्टको एक बसाईमा हजारौं खर्च भएपनि ठीक, तर रायोको सागको मुठामा एक रुपियाँ भएपनि घटाउनै पर्ने सम्भ्रान्त वर्गको सोच भन्दा केही फरक भयो र ? धन्य पूँजीवाद । कुलमान जिन्दावाद ।’
सरकारले सस्तो मुल्यमा भारतबाट एलइडी बल्ब ल्याउन लागेपछि एक दैनिक पत्रिकाले ठेकेदारलाई उक्त जिम्मा दिनु पर्ने भन्दै समाचार लेखेको थियो ।-Everydaykhabar.com
तल आफ्नो प्रतिक्रिया दिनुहोस !
Post a Comment