Latest Updates :

कतारमा बिल्डिङ भत्किएको भन्ने हल्ला झुटो खासमा यस्तो भएको रहेछ

SHARE THIS POST :
कतारमा भएको नेपाली राजदूतावासले केहीदिन अगाडी त्यहाँ ठुलो बिल्डिङ भत्किएर धेरै नेपालीहरू मरेको समाचार झुटो भएको जानकारी दिएको छ । शुक्रवार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै राजदूतावासले उक्त कुरा जनाएको हो । कतारको Al Bandari Engineering Trading and Contracting कम्पनीले निर्माण गर्दै गरेको भवन भत्किएको र धेरै नेपालीको मृत्यु भएको खबर आएको थियो ।

खासमा भएको के थियो ?

खासमा त्यही कम्पनीले बनाउँदै गरेको एक भवन भत्किएको हो जसमा तीनजनाको मृत्यु भएको हो
तीनैजना नेपालीहरू हैनन्, १ जनामात्र नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देही जिल्लाका चिन्नक मल्लाह रहेका छन्
दाङका गंगाराम चौधरी भने घाइते भएका छन्

स्रोत: कतारमा रहेको नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger