Latest Updates :

गायिका रेखा शाहले न्याय पाइन् तर आफूले सापट दिएको रकम अझै पाउनसकेकी छैनन् 

SHARE THIS POST :

काठमाडौं, जेठ ७ । चर्चित गायिका रेखा शाहले अदालतबाट न्याय पाए पनि आफूले सापट दिएको रकम अझै पाउनसकेकी छैनन् । उनले २०७२ साल भदौ २० गते सीतापाइलाका सुवासराज काफ्लेका छोरा सन्दीपराज काफ्लेलाई ७३ लाख रुपैयाँ सापट दिएकी थिइन् ।

सो रकम उठाउन ताकेता गर्दा काफ्लेका बाबुछोराले प्रहरीसँग सेटिङ मिलाई २०७२ पुस २६ गते उल्टै रेखा शाहले मिटरब्याजको धन्दा गरेको आरोप लगाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो र अदालतको आदेशपछि मात्रै उनी तारेखमा छुटेकी थिइन् ।

त्यसपछि अदालतले गरेको पैmसलाले पनि रेखा शाह अन्यायमा परेको देखिएको छ र मिटर ब्याज मागेको भनेर काफ्लेका बाबुछोराले रेखासँग लिएको सावाँ रकम नै नतिर्ने प्रयास गरेको पुष्टि भइसकेको छ । रेखालाई प्रहरी हिरासतमा दिइएको यातनाको क्षतिपूर्तिको आदेशचाहिँ अदालतबाट भएको छैन तर मूलधन त्यसको चलनचल्तीको ब्याज र अदालतमा रेखा शाहले गरेको खर्च एकाघरका सुवासराज काफ्ले र सन्दीपराज काफ्लेको जायजेथाबाट असुलउपर गराउन काठमाडौं जिल्ला अदालतबाट आदेश भएको जेठ ३ गते एक वर्ष पूरा भइसक्दा पनि कार्यान्वयन हुनसकेको छैन ।


सुवासराज काफ्लेका छोरा सन्दीपराज काफ्लेले २०७२ भदौ २० गते कपाली तमसुक गरी २ महिनाभित्र सावाँ ब्याज एकमुष्ठ बुझाउने गरी ७३ लाख रुपैयाँ सापट लिएका थिए । उनले आफ्नी श्रीमती प्रज्ञा न्यौपाने काफ्लेलाई समेत कपाली तमसुकमा साक्षी राखेका छन् ।

काफ्लेका परिवारका सबै सदस्यहरु मिलेर संगठित रुपमा गरेको उक्त ठगीकाण्डलाई उजागर गरेर अदालतले बेलैमा न्याय दिए पनि त्यसको सफल कार्यान्वयन नहुँदा पीडित शाहले अझै रकम पाउन नसकेको थाहा भएको छ । अदालतले फैसला गर्नुअघि नै काफ्लेले शाहलाई दिएको सिभिल बैंकको ३० लाख, ३ लाख र एनएमबी बैंकको १० लाखका चेक अनादर भइसकेका छन् । त्यही चेक बाउन्सको केसमा पनि काफ्लेमाथि थप कारबाही हुनसक्छ तर प्रहरी प्रशासनले त्यसमा खासै चासो देखाएको पाइँदैन ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला कार्यान्वयनकै क्रममा गत वैशाख २४ गते काठमाडौं जिल्ला अदालतले काफ्लेको समेत सेयर रहेको इनर्जी भेन्चर प्रा.लि. बानेश्वरलाई सात दिनभित्र जवाफ पठाउन पत्राचार गरेको छ । यसअघि अदालतले गत माघ २६ रफागुन २२ गते इनर्जी भेन्चर प्रा.लि.का प्रमुखलाई सो संस्थामा सन्दीपराज काफ्ले र उनका एकाघर परिवारका सदस्यको नाममा कति कित्ता सेयर छ र त्यसको बजारमूल्य कति रहेको छ भनी खुलाई पठाउन पत्राचार गरेको थियो । तर, इनर्जी भेन्चरका प्रमुखले दुवै पटक अदालतको पत्रको जवाफ नदिएर अटेरी गरेपछि गत वैशाख २४ गते सात दिनभित्र जवाफ पठाउन ‘अल्टिमेटम’ दिएको हो । उक्त समयमा पनि जवाफ नपठाई आलटाल गरेमा न्याय प्रशासन ऐन २०७३ र मुलुकी ऐन अ.ब. २१९ क नं. बमोजिम आवश्यक कारबाहीका लागि इजलाससमक्ष पेस हुने जानकारी समेत दिइएको छ ।

रकम सन्दीपराज काफ्लेले लिएको छ, साक्षी उनकी श्रीमती प्रज्ञा न्यौपाने काफ्ले बसेकी छन्, उजुरी सन्दीपका बाबु सुवासराज काफ्लेले गरेको देखिएको छ । रकम पनि लिने, नतिर्ने अनि उल्टै उजुरी गर्नु पनि जाहेरवालाको नियत सुघ रहेछ भनी भन्न मिल्ने अवस्था छैन भनी काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीले २०७२ साल चैत ३० गते गरेको फैसलाले चुरोकुरो समातेको देखिन्छ तर पीडितले रकम पाउनेचाहिँ कहिले भन्ने प्रश्न यथावत् छ । आर्थिक दैनिकबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger