Latest Updates :

२० किलोको ट्युमरको सफल अप्रेसन

SHARE THIS POST :

टाउकोपछाडि रहेको २० किलो मासुको डल्लो (ट्युमर)को सफल अप्रेसन भएपछि सुनसरी दुहबी–१ का मोहम्मद इस्ताकले नयाँ जीवन पाएका छन् । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा बुधबार उनको शल्यक्रिया भएको थियो ।
ट्युमरको नोबेल अस्पतालका न्युरोलोजिस्ट डा. आइपी चेरियनको टोलीले घन्टौँ लगाएर शल्यक्रिया गरेको थियो । डा. चेरियनले टुयुमर धेरै मानिसमा देखिने भए पनि इस्ताकको जस्तो विरलै हुने बताए । उनले यस प्रकारका ट्युमरको उपचार पनि कठिन हुने बताए । डा. चेरियनका अनुसार मासु झोलिने खालको ट्युमरले हड्डीमा असर गर्ने र नसामा समेत जोडिने भएकाले अप्रेसन जोखिमपूर्ण हुने गर्छ ।
पाँच वर्षअघि इस्ताकको कानको पछाडि देखा परेको ट्युमर बढेर २० केजीको भएको थियो । भारी ट्युमरले गर्दा उनले दैनिक जीवनमा सास्ती पाउँदै आएका थिए । ट्युमरको सफल शल्यक्रियापछि हर्षित भएका इस्ताक नोबेल अस्पतालमै आराम गरिरहेका छन् ।
नोबेल मेडिकल टिचिङ अस्पतालले गत मंसिरदेखि उच्चस्तरीय प्रविधिसहितको न्युरो सर्जरी उपचार सेवा सञ्चालनमा ल्याएको हो । नोबेलले न्युरो सर्जन उपचारका लागि दक्षिण एसियामै विरलै रहेको उच्चस्तरीय थ्रिडीसहितको माइक्रोस्कोप पेन्टेरो ९०० उपकरणबाट सेवा दिइरहेको छ । न्युरो उपचारका लागि भेलोर भारतका एमसिएच प्रोफेसर डा. आइपी चेरियनसहित डा. एम बिजोयकुमार, न्युरोलोजीमा डिएम प्रोफेसर डा. एनआर हल्दार, एसिस्टेन्ट प्रोफेसर डा. डिल्लीराम काफ्ले, सर्जनहरू प्रमोद चौधरी, प्रकाश काफ्लेलगायतको टिम सक्रिय छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger