एजेन्सी । बलिउड फिल्मी नगरीमा जोडी बाँधिनु र सम्बन्ध चिसिनुलाई धेरैले सामान्य घटना मान्छन्। यस क्षेत्रका कलाकारको निजी जीवनका उतारचढावले पनि यही भन्छ।
अरबाज खान र मलाइका अरोराको सम्बन्ध विच्छेदको घटनाले यो कुरा फेरि पुष्टि गरेको छ। मिडियमा केही समयदेखि यी दुईबीचको सम्बन्धमा दरार आएको चर्चा गस्सिप मात्रै नभइ सही साबित भएको छ।
गत बुधबार मात्रै भारत आएका गायक जस्टिन बिबरको कन्सर्ट सँगै हेरेको यो जोडी बिहीबारदेखि औपचारिक रुपमै अलग भएको छ।
बान्द्राको अदालतले उनीहरु कानूनी रुपमा अलग भएको प्रमाणित गरिसकेको छ। उनीहरुले गत वर्ष नोभेम्बरमा डिर्भोसका लागि अदालतमा आवेदन दिएका थिए।
सन् १९९७ मा विवाह भएका उनीहरु १४ वर्षीय छोरा अरहान छन्। अरबाज खान नायक सलमान खानका दाइ हुन्।
दाजु भाउजुको सम्बन्ध नतोडियोस भनेर भाइ सलमानले अथक प्रयास गरेका थिए। तर उनको प्रयत्नका बाबजुद यो सम्बन्ध टिक्न सकेन।
Post a Comment