Latest Updates :

चुनावी प्रचारमा रहेको जीप दुर्घटना , उम्मेरद्वारसहित दर्जन घाइते

SHARE THIS POST :

लमजुङ । लमजुङको सुन्दरबजारको भित्रि सडकमा कांग्रेसको चुनावी प्रचारमा रहेको जीप दुर्घटना भएको छ ।नगरपालिकाको गहते छोर्सेस्थित खत्रीठाँटीमा साँझ जीप दुर्घटना भएको हो।
जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाईते हुनेमा सुन्दरबजार ५ का ३ जना कांग्रेस उम्मेदवार सूर्यबहादुर गुरुङ,महिला सदस्य शारदा भट्राई,वडा सदस्य धर्म लामा सहित जीपमा सवार कार्यकर्ताहरु घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार गहतेबाट खत्रीठाटीतर्फ आउँदै गरेको ग १ ज ६१८७ नम्बरको जीप घुम्तीमा ‘ब्याक’ गर्दा बाटो भासिएर जीप बाटोबाट करीब १५ मिटर तल खसेको थियो।

क्षमताभन्दा बढी यात्रु चढेका कारण जीप दुर्घटना भएको प्रहरीले बताएको छ।दुर्घटनामा सुन्दरबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षका कांग्रेसका उम्मेदवार लगायत रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये गोपाल तामाङ,सुदेश तमाङ र दीपक तामाङलाई थप उपचारको लागि पोखरास्थित फेवासिटी हस्पितलमा रिफर गरिएको छ।अन्य घाईतेहरु उपचारपछि साँझ नै घर फर्कि सकेको प्रहरीले जनाएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger