साउन १३ गते रिलिज हुन लागेको 'प्रेमगीत २' को 'कहानी यो प्रेमगीत को' र असार ३० गते रिलिज हुन लागेको 'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' गीतले अहिले धुम मच्चाइरहेको छ ।
बर्ष २०७२ मा रिलिज भएको हिट फिल्म 'प्रेमगीत' को सिक्वेल हो 'प्रेमगीत २' । त्यस्तै, 'प्रेमगीत' मा समावेश शिर्ष गीत सापटी लिएर तयार भएको फिल्म हो 'म यस्तो गीत गाउँछु' ।
आजभन्दा ३ हप्ता अगाडि रिलिज भएको 'प्रेमगीत २' को 'कहानी यो प्रेमगीत कोु' बोलको गीत हेर्नेको संख्या युट्युबमा १७ लाखमाथी भैसकेको छ भने आजभन्दा ६ दिन अगाडि युट्युबमा सार्वजनिक भएको 'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' बोलको गीत १० लाख बढी भ्यूज भएको छ ।
कुन भयो हिट चाहिँ ?
यो प्रश्न तपाईहरुको मनमा खुबै उब्जिरहेको होला । अहिलेको अवस्थामा यी दुवै गीतलाई लगभग उतिक्कै हिट मान्न सकिन्छ ।
किनकी ५ दिनमा 'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' बोलको गीतको भ्यूज १० लाख पुग्नु भनेको चानचुने कुरा होइन । मनमोहक लोकेशन र नायक पल शाह र नायिका पूजा शर्माको लोकलाग्दो केमेष्ट्रीका कारण पनि यो गीत अहिले युट्युबमा सर्वाधिक हेरिएको छ ।
त्यस्तै, 'प्रेमगीत' आफैमा एक ब्रान्डेड नाम हो । नामकै कारण पनि यो फिल्मको गीतले युट्युबमा हंगामा मच्चाउनु स्वभाविकै हो । किनकी दर्शकहरुलाई त्यो अपेक्षा छ कि 'प्रेमगीत' मा समोबश 'म यस्तो गीत गाउँछु', 'म त अलपत्र पर्छु' र 'मैले सोचेको जस्तै' बोलका गीतहरु झै 'प्रेमगीत २' को शिर्ष गीत पनि उतिक्कै दमदार बनेको होला भन्ने ।
यसकारण पनि 'प्रेमगीत २' को शिर्ष गीत 'कहानी यो प्रेमगीत को' ले युट्युबमा १७ लाख भ्यूज पाएको हो भन्दा सायद गलत नहोला । हुनत, 'कहानी यो प्रेमगीत को' भिडियो आफैमा उत्कृष्ट बनेको छ ।
दर्शकले कुन गीत रुचाए ?
युट्युबमा दर्शकहरुले 'प्रेमगीत २' को 'कहानी यो प्रेमगीत को' भन्दा 'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' बोलको गीतलाई निकै रुचाएका छन् ।
'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' भिडियोको कमेन्ट बक्समा अधिकांशले एउटै लेखेका छन् कि, 'भन्छु आज' गीत फिल्म 'प्रेमगीत २' को 'कहानी यो प्रेमगीत को' भन्दा उत्कृष्ट र राम्रो बनेको छ । 'भन्छु आज' गीतले रिलिजको ६ दिनमा १६ हजार बढी लाइक र ९ सय बढी 'डिसलाइक' पाएको छ ।
त्यस्तै, 'प्रेमगीत २' को 'कहानी यो प्रेमगीत को' गीतलाई रिलिजको ३ हप्तामा १३ हजार बढी लाइक र झण्डै साढे २ हजार 'डिसलाइक' मिलेको छ । अब आफै बुझ्नुहोस् कि युट्युबमा कुन गीतलाई दर्शकहरुले अत्याधिक रुचाए ।
फिल्म 'प्रेमगीत २' मा प्रदीप खड्का र अश्लेषा ठकुरी र 'म यस्तो गीत गाउँछु' मा पल शाह र पूजा शर्मा लिड रोलमा छन् । शब्द / फिल्मीखबरबाट
Post a Comment