Latest Updates :

प्रियंका बनिन विश्वकै दोस्रो सुन्दर महिला

SHARE THIS POST :

बजनेटको सर्वेक्षणले प्रियंका चोपडालाई संसारको सबैभन्दा दोस्रो सर्वाधिक सुन्दर महिला बताएको छ जबकी सूचीको शीर्ष स्थानमा पप गायिका बियोन्से छिन् ।

३४ वर्षीया प्रियंकाले ट्वीटरमा यसको खुसी व्यक्त गर्दै लेखिन्, ‘धन्यवाद बजनेट र जसले मलाई भोट गर्नुभयो । बियोन्से मेरो पनि सबैभन्दा प्रिय हुन् ।’

स्मरण रहोस्, अमेरिकी टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत चर्चा बटुल्न सफल प्रियंका चाँडै नै फिल्म ‘बेवाच’ बाट हलिउडमा डेब्यू गर्दैछिन् ।

बियोन्से–प्रियंकापछि तेस्रो स्थानमा मोडल ट्रेलर हिल रहेकी छिन् । जबकी चौथो स्थानमा ‘ब्यूटी एण्ड बिस्ट’ की नायिका एमा वाटसन छिन् । सूचीको पाँचौं स्थानमा ‘फिफ्टी सेड्स डार्कर’ की नायिका डकोटा जोनसन छिन् । यस्तै एन्जेलिना जोली सूचीको आठौं स्थानमा छिन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger