Latest Updates :

कोरियामा, ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर दुई नेपालीको मृत्यु

SHARE THIS POST :

 दक्षिण कोरियाको थेगु शहरको ख्याङ्सङेबुक्दो नजिकै एक बंगुर फार्ममा कार्यरत दुई जना नेपालीको मृत्यु भएको छ।बंगुरको पिसाब जम्मा गर्ने ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर दुई जना नेपाली कामदारको मृत्यु भएको हो। ट्यांकी सफा गर्ने क्रममा बेहोश भएका स्याङ्जा मासकोटका तेज बहादुर गुरुङ र कैलालीका छविलाल चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

गुरुङ तीन वर्ष र चौधरी दुई महिना अघि मात्रै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया आएका हुन्। शुक्रबार राति ९ बजेतिर बंगुरको पिसाब जम्मा गर्ने ट्यांकी सफा गर्ने क्रममा एक्कासी बेहोस भएर ट्यांकीभित्रै बेहोश भएको अवस्थामा त्यहाँ कार्यरत अन्य नेपाली देखेपछि बाहिर निकालेका थिए।

घटनापछि प्रहरीले बंगुर फार्मका मालिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । उनीहरुको शव आङ्दोङ अस्पतालमा राखिएको छ। बंगुरको पिसाब संकलन गरिने ट्यांकीभित्र अक्सिजनको मात्रा कम हुने र विषाक्त ग्यास जम्मा हुने भएकाले निसास्सिएर बेहोश भएको अनुमान गरिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger